arrow

उत्तर केन्याको  विद्यालयमा आक्रमण, पाँच विद्यार्थीको मृत्यु

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
Death-body-nepali-simbol.jpg.jpeg

केन्या । उत्तरी केन्याको आवासीय विद्यालयमा शसस्त्र समुहको आक्रमणमा परी ५ जना विद्यार्थीको मृत्यु भएको अधिकारीले जनाएका छन् ।


तुर्काना क्षेत्रका आयुक्त सेफ माताले भने  "लकिचोगो भन्ने गाउँमा रहेको उक्त विद्यालयमा भएको आक्रमणमा पाँच विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको घटनामा सुडानी एक सशस्त्र समूहको सहभागिता रहेको प्रारम्भिक अनुमान आएको छ । "

विहान करिब ३ बजे भएको आक्रमणमा आवासीय भवनमा सुतिरहेका विद्यार्थीमाथि आक्रमण भएको थियो । घटनामा दक्षिण सुडानमा सक्रिय टोपोसा सशस्त्र समूहको सम्लग्नता रहेको आशङ्का गरिएको छ । उक्त घटनामा अन्य केही विद्यार्थीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ । घाइते विद्यार्थीको सङ्ख्या एकीन भएको छैन । घाइतेहरूको मोई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेका बताइएको छ । एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ