arrow

बंगबन्धु गोल्डकपको सेमिफाइनलमा भोलि बङ्गलादेश र बहराइन भिड्ने

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
bangabandhu+stadium.jpg.jpeg
काठमाडौँ । बङ्गलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल भोलिदेखि हुने भएको छ । बङ्गलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रङगशालामा हुने खेलमा पहिलो सेमिफाइनलको खेल आयोजक बङ्गलादेश र बहराइन सोमबार साँझ ५:४५ आमने सामने हुनेछन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भने मङ्गलबार नेपालले माल्दिभ्सको सामना गर्नेछ । 
 
प्रतियोगितामा बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने बहराइन समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै, समूह चरणको खेलमा तीन खेल खेलेका बङ्गलादेशले एक खेलमा जित तथा दुई खेल बराबरीको नजिता ल्याएको थियो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो मलेसियाविरुद्वको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । त्यस्तै तेस्रो तथा अन्तिम नेपालविरुद्वको खेल गोलरहित बराबरीमा टुगिङ्एको थियो । 
 
समान तीन खेल नै खेलेको बहराइनको एक खेलमा जित तथा दुई खेलमा बराबरीको नजिता आएको थियो । बहराइनले कम्बोडियालाई १–० गोलअन्तरले पाखा लगाएको थियो भने बङ्गलादेश र माल्दिभ्सविरुद्वको खेल समान १–१ गोलको बराबरीमा टुङ्गिाएको थियो । त्यसैगरी नेपाल भने समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । माल्दिभ्स समूह ‘बी’ को विजेता हो । समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको थियो । 
 
नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलको थियो । समान तीन खेल नै खेलेका माल्दिभ्सले भने दुई खेलमा जित तथा एक खेल बराबरीमा खेलको थियो । माल्दिभ्सले कम्बोडिया र बङ्गलादेशलाई पराजित गरेको थियो भने बहराइनसँग बराबरी खेलको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ