arrow

सात महिने शिशु आमाको काखैबाट , १८ दिनमा फर्कायो प्रहरीले

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
lady-with-children.jpg.jpeg

काठमाडौं । आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आमाको दूधको भरमा रहेका शुभमलार्इ अपहरणकारीले रातारात भगाए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभमलाई आमाको काख फर्काइएको छ । अपहरणमा परेका शुभम् आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधीको पञ्जामा परेका शुभम आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्‍याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्दार गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आमा सुनितादेवी यादवको काखमा खेल्दै गरेका शुभम निकै खुशी देखिन्थे । अबोध बालकको अनुहारमा १८ दिनपछि आमासँग बस्न पाउँदाको खुशी प्रष्ट देखिन्थ्यो । आमा सुनिता पनि गहभरी आँसु बोकेर छोरालाई माया गर्दै थिइन् ।

धनुषा जिल्लाको कमला नगरपालिका ३ पर्सा निवासी महेन्द्र यादव र सुनिता यादवका सात महिनाका छोरालाई घरको छतमा सुतिरहेको अवस्थामा अपहरणमा परेका थिए । घरका मुखिया महेन्द्र यादव वैदेशिक रोजगारमा गएको एक्लै छोराछोरीलाई पाल्दै आएकी सुनिता छोरीसँग छतमा सुतेको बेला उनका छिमेकी ४२ वर्षीय वीरे भनिने वीरेन्द्र यादवले शुभमलाई उठाएर लगेका थिए ।

राति करिब १२ बजे आँखा खुल्दा सुनितालेसँगै सुतेको छोरा हराएको थाहा पाइन् । पछि खोजतलास गर्दा पनि छोराको पत्तो नलागेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना एक अर्की आमाको छोरा पाउने लोभमा घटाइएको तथ्य फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

(अन्नपुर्ण पोष्ट दैनिकबाट) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ