arrow

नेपाली तराइ समुदाय अमेरिकाले गठन गर्‍यो ग्रेटर ह्यूस्टनको टेक्सास शाखा

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
prabash-america.png

काठमाडौं ।  नेपालीहरुको महान पर्व दशैंको उपलक्ष्यमा नेपाली तराइ समुदाय अमेरिकाले अक्टोबर ७ मा शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट कार्यक्रम, र रात्रिभोज सम्पन्न गरेको छ । टेक्सास निवासी डा. कौशल झाको संयोकत्वमा भएको कार्यक्रले ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन  गरेको छ ।  कार्यक्रममा अमेरिकाको ह्यूस्टन (टेक्सास) मा बसोबास गर्ने नेपाली तराइ समुदायलाई समेटेर डा. कौशल झाको नेत्रित्वमा नेपाली तराइ समुदाय अमेरिका, ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन गरिएको हो ।
 
सो शुभकामना आदानप्रदान र पारिवारिक भेटघाटमा  नेपाली तराइ समुदाय का सदस्यहरु एक आपसमा बिचारहरु आदानप्रदान गर्ने र आत्मियता बढाउने  अवसर प्रदान गरेको छ । नवगठित अध्यक्ष डा. झा पहिले तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) का केन्द्रिय कोषाध्यक्ष रही पारदर्शी र जवाबदेही भूमिका निर्वहा गरिसकेका छन् । झा  एक कुशल संघठक तथा समुदायमा दत्तचित्त र निष्ठा पुर्वक कार्य गर्ने ब्यक्ती रुपमा परिचित छन् ।  

नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका), ग्रेटर ह्यूस्टन शाखाको  गठन बारे जानाकारी गराउदै नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) का केन्द्रिय संयुक्त सचिब तथा संचार प्रमुख डा. जितेन्द्र कुमार ठाकुरले नवगठित कार्यसमितीलाई एन्टा को केन्द्रिय समिति तर्फ बाट बधाई ज्ञापन गरेका थिए  ।

नवगठित नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका), ग्रेटर ह्यूस्टन शाखाको कार्यसमितीको अध्यक्षमा डा. कौशल झा, उपाध्यक्षमा जयराम मण्डल,महासचिवमा अरुन चौधरी, कोषाध्यक्षमा विश्वबन्धु लाल कर्ण रहेका छन्  । भने सदस्यहरूमा अमिलाल यादव, श्री धन बहादुर महतो, धनन्जय शर्मा, ममता कर्ण शर्मा, प्रमोद झा, डा. राज यादव, राजन अधिकारी, सुधीर झा,उषा झा, बिशाल सिंह छन् ।

त्यस्तै सल्लाहकारमा रतन झा, रुपक रौनियार, ममता सिंह, राम लखन राय, डा. विजय कुमार झा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ