arrow

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
kaidi-bandi-news.jpg.jpeg

लाहोर, पाकिस्तान । भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ । 


सार्वजनिक सुरक्षा कानून अन्तर्गत आफ्नै घरमा नजरवन्दमा रहेका सईदलाई आतङ्कवाद विरुद्धको कानून बमोजिम थप राख्न पाकिस्तान सरकारले माग गरेको हो । 


गत जनवरीदेखि नजरबन्दमा रहेका सईद उनका अन्य चार जना सहयोगी अव्दुल्लाह उवाइद, मालिक जफर इकवाल, अव्दुल रेहमान अविद र क्वाजी कासिफमाथिको पञ्जावको प्रान्तीय न्यायिक सुनुवाईका क्रममा पञ्जावको गृह विभागका अधिकारीले अनुसन्धानका लागि थप नजरवन्दको माग गरेको हो । 


उनीहरूमाथिको कैद समय यही अक्टोबर २४ मा सकिँदै थियो । सरकारले न्यायिक पुनर्विचार समितिबाट अनुमोदन गराएर मात्र अनुसन्धानका लागि कैद समयको थप गर्न पाउँछ । पीटीआई
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ