arrow

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन,दुर्घटनाको आशङ्का

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
helicoptar.jpg

टोक्यो ।  चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ । 


यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षिण हमामाट्सुबाट ३० किलोमिटर टाढा पुगेपछि सम्पर्क बाहिर पुगेको थियो । 

रक्षामन्त्री इतसुनोरी ओनोडेराले सञ्चारकर्मीसँगको कुराकानीमा बताए, “विमान वेपत्ताभएपछि आकासबाट हेलिकोप्टरको भाग छुटेर आएको सुचनाका आधारमा एक उद्धार टोली प्रशान्त महासागर क्षेत्रमा पठाइएको छ ।” प्राप्त सूचना अनुसार हेलिकोप्टरबाट छुट्टिएर समूद्रको पानीमा तैरिएको हुनसक्ने केही टुक्राहरूलाई केन्द्रित गरी उद्धार टोलीले विमानको खोजी गरिरहेको उनले बताए । 

एअर सेल्फ डिफेन्स फोर्सको हेलिकोप्टर सैनिक हवाई अड्डा हमामाट्सुबाट रातिको समयमा उडेको थियो भने उडेको केही समयमा नै सम्पर्क बाहिर गएको क्योदो न्यूज एजेन्सीले जनाएको छ । हमामाट्सु टोकियोदेखि २५० किलोमिटर टाढाको दूरीमा अवस्थित छ ।  एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ