arrow

पानामा पेपर प्रकरणले कार्यकाल नै पुरा नगरी बाहिरिने १५औ प्रधानमन्त्री बने सरिफ

अदालतद्वारा भ्रष्टाचारी ठहर

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
nawaj-sarif.jpeg

इस्लामाबाद । अदालतबाट बर्खास्तीमा पर्नु भएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ । 

पानामा पेपर प्रकरणमा पर्नुभएका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धि विवादमा दोषी ठहर गरिएको हो ।” 

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्विकार गरेकी छन् । उनी अदालतको फैसला निराधार रहेको पनि बताएकी छन् । “अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,” उनले भनिन्। 

भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो । पाकिस्तानको ७० बर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पुरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५औ प्रधानमन्त्री हो । 

उनी र उनको परिवारले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अप्नाएको, लण्डनमा अकुत सम्पत्ति संकलन गरेको लगायतको विवरण सहितको समाचार गत बर्ष पानामा पेपरले सार्वजनिक गरेको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ