arrow

इजिप्टमा सुरक्षा फौज र विद्रोहीबीच झडप, ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
indonesia-landslide-death-exlarge-169.jpg.jpeg

काएरो  । इजिप्टकोराजधानी काएरो नजिकैको विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । 

‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । 

आन्तरिक मामिला मन्त्रीका अनुसार कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा शुक्रबार राती प्रहरी र सशस्त्र फौजको समूहमाथि लडाकूहरुले बन्दुक चलाएका थिए । 

हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ । इजिप्ट अहिले इस्लामवादी विद्रोहसँग लडिरहेको छ । इजिप्टको सुरक्षा फौजले हास्मलाई मुस्लिम ब्रदरहुडकै एउटा समूहको रुपमा ब्याख्या गर्छ । 

तर उक्त समूहले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । हालैका वर्षमा उनीहरुले इजिप्टमा हमलाहरु गर्दै आएका छन् । सुरक्षा स्रोतले लडाकूहरु बहारिया क्षेत्रसँग चिरपरिचित रहेको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ