arrow

रोचक लिगमा आर्मीलाई सकस !

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
369422869.jpeg

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शुक्रबार (आज) दुई विभागिय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दैछन् । दुई विभागीय टोली बीचको यो भिडन्त आर्मीका लागि अत्यन्तै महत्वपूर्ण छ ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मी यो खेलमा विजयी भए शीर्ष स्थानमा उक्लिनेछ । यद्यपि, शनिबार हुने अन्तिम तथा निर्णायक खेलमा मनाङ मस्र्याङ्दी र थ्रीस्टार भिडेपछि विजेताको टुंगो लाग्नेछ । भने आर्मीको अग्रता भंग हुनेन । अन्तिम भिडन्तमा विजयी हुने टोली शीर्ष स्थानमा पुग्दै लिग जित्नेछ । यदी सो खेल बराबरीमा सकिएको खण्डमा थ्रीस्टार क्लव लिग च्याम्पियन बन्ने छ ।

लिगको उपाधि होडबाट बाहिरिएको आर्मीले दोस्रो हुने सम्भावना जिवित राख्न पुलिसलाई जित्नैपर्ने हुन्छ । यसैबीच, मोफसलको झापा–११ चौथो स्थानमै खुम्चिएको छ । विहिबार भएको खेलमा सशस्त्र प्रहरी बललाई २–१ गोल अन्तरले हराउँदै झापाले चौथो स्थानमा चित्त बुझाएर लिग सक्काएको हो । १६ खेलबाट २७ बटुल्दै झापा चौथो स्थानमा सुरक्षित रहयो । सशस्त्रको शीर्ष चारमा पर्ने सपना समेत चक्नाचुर भयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ