arrow

एथ्लेटिक बिल्वाओको पोष्टमा बार्साको ६ गोल, सुआरेजले गरे ह्याट्रिक

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Barsha.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । बार्साले आइतबार राति घरेलु मैदानमा एथ्लेटिक बिल्वाओलाई ६–० को फराकिलो अन्तरले हरायो । बार्सालाई विजयी गराउन दुई खेलको प्रतिबन्ध बेहोरेका लुइस सुआरेजले ह्याट्रिक गरे । सुआरेजले क्रमशः ४७, ६९ र ८२ औं मिनेटमा गोल गरे । यसअघि, सुआरेजले स्पेनिश फुटबल प्रतियोगिता कोपा डेल रे को अन्तिम १६ का लागि भएको पहिलो लेगको खेलमा इस्पानियोलका खेलाडीसंग झगडा गरेपछी दुई खेलको प्रतिबन्ध लागेको थियो ।  बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने २८ वर्षीय सुआरेजले खेलबाट फर्किने क्रममा टनेलमा विपक्षी टोलीका खेलाडीसंग झगडा गरेका थिए । 
 
इस्पानियोलका खेलाडी पेपे डिओपले रातो कार्ड खाँदै बाहिरिने क्रममा आफुलाई गाली गरेको भन्दै रन्थिनिएका सुआरेजले चिच्च्याउँदै ‘म तिमीहरुलाई नै पर्खिरहेको छु, यहाँ आओ, तिमीहरु धर्तीका बोझ हौ– भनेका थिए ।’ आइतबार राति बार्साको मैदानमा एथ्लेटिक बिल्वाओका गोर्का मोरेनोले सुरुमै रातोकार्ड खाएपछि टोली दबाबमा परेको फाइदा उठाउँदै बार्साका स्टार लियोनल मेसीले खेलको ७ औं मिनेटमै पेनाल्टी मार्फत खाता खोले । ३१ औं मिनेटमा नेमारले गोल गरे । यस्तै, ६२ औं मिनेटमा इभाँ राकिटिचले समेत गोल गरे । 
लिगमा रियाल मड्रिडले स्पोर्टिङ् गिजोनलाई ५–१ ले हराएको छ । रियाल नयाँ प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा सशक्त बन्दै गएको छ ।
 
रियाललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र करिम बेन्जेमाले समान २–२ गोल गरे । ग्यारेथ बेलको खातामा एक गोल रहयो । उता, एथ्लेटिको मड्रिडले लस पल्मसको पोष्टमा ३ गोल गरेको छ । गेटाफेले इस्पानियोललाई ३–१ ले पराजित गरेको छ । यी खेलसंगै लिगमा २० खेलबाट ४७ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ४५ अंक सहित दोस्रो तथा २० खेलबाट ४३ अंक बटुलेको रियाल मड्रिड तेस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ