arrow

जापानमा आबेको गठबन्धन विजयी, उत्तर कोरियाको चुनौतिसंग जुध्ने वाचा

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
shinzo-abe-japan1.jpg

टोकियो । जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धन विजयी भएको छ । 

आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको हो । 

सो गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको हो । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा पूरा गर्न सहयोग पुग्ने बीबीसीले उल्लेख गरेको छ । 

जितसंगै आबेले उत्तर कोरियाको चुनौतिसंग जुध्ने वाचा गरेका छन् । उनले आफ्नो सरकारको पहिलो प्राथमिकता नै उत्तर कोरियाको समस्या समाधान गर्ने रहेको प्रतिक्रिया दिएका छन् । 

जापानको प्रतिरक्षा प्रणालीसहित राष्ट्रिय सुरक्षामा परिवर्तन ल्याउने आबेको योजना छ । 

यो जितसँगै आबेले तेश्रो कार्यकालका लागि समेत पार्टीको नेतृत्व सम्हाल्ने लगभग निश्चित छ । 

आबेलाई जापानी ईतिहासमा विश्वयुद्धपछि सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री बन्ने अवसर समेत श्रृजना भएको बीबीसीले उल्लेख गरेको छ । 

A girl casts her father



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ