arrow

ओखलढुंगामा एउटै धरातलका दुई सांसद्को घमासान प्रतिस्पर्धा, थपिएको मत निर्णायक

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
ramhari_yagya.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको पहिलो चरणको निर्वाचनको लागि निर्वाचन आयोगले तोकेको मितिमा आईतबार कूल ३२ जिल्लामा ३७ सिटका लागि उम्मेदवारी दर्ता भएको छ । उक्त दर्ता अनुसार प्रदेश नं १ अन्तर्गत् पर्ने ओखलढुंगामा रहेको एउटा मात्रै निर्वाचन क्षेत्रमा अघिल्लो संविधान सभा सदस्य निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका दुई सांसद्हरु रामहरि खतिवडा र यज्ञराज सुनुवारबीच कडा भीडन्त हुँदैछ । 

अघिल्लो चुनावसम्म दुई निर्वाचन क्षेत्र रहेको सो जिल्लामा यस पटकदेखि एउटा मात्रै निर्वाचन क्षेत्र कायम गरिएको छ । सो अन्तर्गत् दुईवटै निर्वाचन क्षेत्रमा भारी मतले चुनाव जितेका निवर्तमान सांसद्हरुबीच नै कडा प्रतिस्पर्धा रहेको हो । व्यक्तिगत हिसावमा समेत समान धरातलमा देखिने उनीहरुको मत परिणामलाई आधार मान्दा पनि धरातल त्यति तलमाथि देखिँदैन । 

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले कूल ४ स्थानीय तहमा जितेको सो जिल्लामा अध्यक्षको मात्रै मत गन्दा स्थानीय निर्वाचनमा काँग्रेसले १३ हजार ७ सय भन्दा बढी मत ल्याएको छ । तीन वटा मात्रै स्थानीय तह जितेको एमाले र एउटा स्थानीय तह जितेको माओवादीको कूल मत जोड्दा १२ हजार ६ सय मत आएको छ । यसरी हेर्दा ११ सयको हाराहारीमा नेपाली काँग्रेसको बढी मत सो जिल्लामा रहेको स्थानीय तह निर्वाचन मत परिणामले देखाउँछ । 

त्यस्तै, २०७० सालको स्थानीय निर्वाचनमा पहिलो क्षेत्रमा एमालेका सुनुवारले जित्दा दोस्रो क्षेत्रमा काँग्रेसका खतिवडाले जितेका थिए । उनीहरु मध्ये खतिवडाले १३ हजार भन्दा बढी मत ल्याएर चुनाव जित्दा एमालेका सुनुवारले १२ हजार बढी मत ल्याएर चुनाव जितेका थिए । यसरी तीन वटै पार्टीको दुबै क्षेत्रको मत जोड्दा २०७० सालको निर्वाचनमा २८ हजारको हाराहारीमा एमाले र माओवादीको मत आएको छ भने । त्यसको ठीक ४२ सय ४ मत कम काँग्रेसको आएको छ । यद्यपि दुवै निर्वाचन क्षेत्रमा पहिलो र दोस्रोभने काँग्रेस र एमाले नै बनेका छन् ।

२०७० सालको निर्वाचन पछि जिल्लामा २१ हजार ७ सय ३५ मतदाता थपिएका छन् । यी मतदाताहरु कतिले कता मत हाल्छन् भन्ने यकीन नभईसकेको अवस्थामा यी मतदातालाई आफ्नो हातमा पार्न सक्नेले नै यो निर्वाचनमा बाजी मार्ने देखिन्छ । पढाईको हिसावले राजनीति शास्त्र र अंँग्रेजीमा स्नातकोत्तर गरेका सुनुवार र राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा विएल गरेका खतिवडाको अध्ययनको हैसियत पनि समान देखिन्छ । उमेरको हिसावले सुनुवार भन्दा दुई वर्ष जेठा रहेका खतिवडा ओखलढुंगामा जनप्रिय र राष्ट्रिय राजनीतिमा समेत चर्चित देखिन्छन् । त्यस्तै, सुनुवारको पनि जिल्ला राजनीतिमा राम्रो छवि भएको मानिन्छ । 

बाम गठबन्धनमा जोडिएपछि एमालेलाई आफ्नो विरासत जोगाउनको लागि जित्नै पर्ने दबाब रहेको छ । भने काँग्रेसलाई पनि गठबन्धनलाई देखाउनै भनेपनि जित्नै पर्ने दबाब  देखिन्छ । यद्यपि अझैसम्म फरार अभियुक्तका रुपमा रहेका बालकृष्ण ढुंगेललाई संरक्षण गरेर राखेको माओवादीसँग तालमेल गर्दा यहाँ एमालेलाई फाईदा भन्दा पनि घाटा नै हुने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ