arrow

मुस्ताङ घुम्नेमा भारतीय अग्रस्थानमा

भूकम्प र नाकाबन्दी पछि सबैभन्दा बढी भारतीय पर्यटक नै घटेका छन् ।

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
mustang-gundai.jpg.jpeg
निर्मल खत्री, मुस्ताङ । नेपालको सबै भन्दा धेरै पर्यटक बित्रिने मुस्ताङमा वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समदेखि भारतले गरेको अघोषित नाकाबन्दीले मुस्ताङको पर्यटन ठप्प बनेको छ ।अघिल्लो वर्ष  सहि ढंगले अघि बढेको पर्यटन व्यवसाय भुकम्प यता धराशायी बन्दै गएकोे छ । एक्याप जोमसोमका पर्यटन सहायक बेल पुनले जानकारी दिएका छन । सन् २०१४ मा ४१ हजार भन्दा बढी पर्यटक भित्रिएको जिल्लामा सन् २०१५ मा २३ हजार पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।  एक्यापका अनुसार, यो बर्ष जिल्लामा ४४ प्रतिशत पर्यटक घटेको हो । 

‘सन् २०१४ मा  ४१ हजार २ सय पर्यटक आएकोमा सन् २०१५ मा २३ हजार २ सय ७२ भित्रिएको देखिएको छ’, सहायक पुनका अनुसारे, ‘भूकम्पअघि बढ्दै गएको पर्यटक त्यसपछि शून्यमा झरेको छ ।’ दुईमहिना सम्म भूकम्पले थलिएको जिल्लाको पर्यटन उद्योग त्यसपछि तराईमा जारी आन्दोलन र भारतिय नाकाबन्दीको चपेटामा परेको सहायक पुनको भनाई छ । एक्यापले दिएको जानकारी अनुसार, स्न २०१५ को जनवरीमा २२७, फेब्रअरीमा ८५५, मार्चमा ३ हजार ६९, अप्रिलमा ६ हजार २३४, मेमा १ हजार २३५, जुनमा ५२७, जुलाईमा ५२३ पर्यटक जिल्ला भित्रिएका छन् । 

 त्यस्तै, अगष्टमा ८९२, सेप्टेम्बरमा १ हजार ९१४, अक्टोबरमा ४ हजार २८४, नोभेम्बरमा २ हजार ९७ र डिसेम्बरमा ७१५ पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । सबैभन्दा बढी मार्च, अक्टोबर र नोभेम्बर महिनामा पर्यटक आवागमन भएको एक्यापले जनाएको छ । ‘भूकम्प पछि ८० प्रतिशत पर्यटकले भ्रमण रद्द गरेका थिए ।’

मुस्ताङमा लेते देखि  लोमान्थाङसम्म एकसय भन्दा बढी साना–ठुला पर्यटक लक्षित होटलहरु सञ्चालि छन् । पर्यटक नहुँदा जिल्लामा सञ्चालित साना उद्योगहरु प्नि बन्द हुने अवस्थामा समेत पुगेको उद्योग वाणिज्य संघले जनाएको छ । वैशाखयता पर्यटकहरु नआउँदा पर्यटन उद्योग समस्यामा परेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । ‘लगानी पनि उठान नसकेको गुनासो गर्दे  कम्तिमा २० करोड रुपैयाँ गुमाएको अनुमान गरेको अध्यक्ष तुलाचनको भनाई छ ।

विश्वप्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गको अधिकांश स्थान मुस्ताङमा पर्ने, माटो शहर लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृति, धार्मिक पर्यटकीय केन्द्र मुक्तिनाथ, दामोदरकुण्ड र प्राकृतिक सुन्दरताका कारण पर्यटक जिल्ला भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ । 

एक्याप जोमसोमका प्रमुख विदुर कुईकेलका अनुसार अन्तराष्ट्रियस्तरमा भूकम्पपछि सकरात्मक सन्देश प्रवाह हुन नसकेका कारण पर्यटन उद्योग बन्दसम्म हुने अवस्थामा पुगेको बताए । ‘भूकम्पपछि पनि यहाँका पर्यटकीय गन्तव्यहरु सुरक्षित थिए, तर हामीले अन्तराष्ट्रियस्तरमा त्यो सबै ठाउँमा पु¥याउन सकेनौ, उनले भने ।
 
लोमान्थाङमा ३० प्रतिशत पर्यटक कमी
माटोको शहरको उपमा पाएको लोमान्थाङ उपत्यकामा सन् २०१५ मा ३० प्रतिशत पर्यटक घटेको देखिएको छ ।  (एक्याप)का अनुसार लोमान्थाङमा सन् २०१४ मा  ४ हजार १ सय ४६ पर्यटक भित्रिएकोमा सन् २०१५ मा २६ सय ८६ मात्रै पर्यटक भ्रमणमा आएका थिए । जिल्ला भित्रिएका २३ हजार पर्यटकमध्ये उक्त सँख्यामा लोमान्थाङ पुगेको एक्याप लोमान्थाङले जानकारी दिएको छ ।  

जनवरीमा १२, फ्रबअरीमा ९, मार्चमा १८८, अप्रिलमा ३४१, मेमा ६९,जुनमा ३०, जुलाईमा  ११५, अगष्टमा ३१८, सेप्टेम्बरमा ४१८, अक्टोबरमा ८५५, नोभेम्बरमा ३०२ र डिसेम्बरमा २९ पर्यटक लोमान्थाङ उपत्यका भित्रिएको तथ्यांक छ । सन् २०१४को अप्रिल, मे, जुन, जुलाई, अगष्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा बढी पर्यटक भित्रिएको एक्यापले जनाएको छ । लोमान्थाङ भित्रिने अधिकाँश पर्यटक अमेरिका, अष्ट्रेलिया र स्पेनका हुने बताईएको छ । 

‘कम्तिमा उनीहरु तीन दिन र बढीमा १५ दिनसम्म लोमान्थाङमा बस्ने गरेका छन्, प्रमुख शेरचनले भने ‘देशको पछिल्लो अवस्थाका कारण वैशाख महिनादेखि यता पर्यटक नै आउन पाएन् ।’ अस्थिरताका कारण बर्षमा करिब एकहजार पर्यटकले लोमान्थाङ भ्रमण रद्ध गरेको उनको भनाई छ । लागि ‘लोमान्थाङ घुम्न जाऔँ’ अभियान सुरु गरिने उद्योग वाणिज्य संघले जनाएको छ । 

सबैभन्दा बढी भारतीय पर्यटक 
मुस्ताङ भ्रमण गर्नेमा भारतीय पर्यटक बढी रहेको तथ्यांकले देखाएको छ । हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड मुस्ताङमै पर्ने भएकाले भारतीय धार्मिक पर्यटकको सँख्या बढेको एक्यापले जनाएको छ । ‘मुक्तिनाथ दर्शन र कागबेनीमा स्नान नै भारतीय पर्यटकको मूख्य चाहना हुन्छ’, पर्यटन सहायक पुनले भने, ‘अधिकाँश भारतीय पर्यटकहरु बेनी–जोमसोम हुदै आउने गरेका छन् ।’ भूकम्प र नाकाबन्दी पछि सबैभन्दा बढी भारतीय पर्यटक नै घटेका छन् । 

एकबर्षमा ८ हजार ४ सय ५९ भारतीयले मुस्ताङ भ्रमण गरेको तथ्यांकमा उल्लेख छ । सन् २०१४ मा १८ हजार भारतीयहरु जिल्ला भित्रिएको पर्यटन सहायक पुनले जानकारी दिए । भारतीय पर्यटकको बसाईमा पनि छोटो हुने गरेको स्थानीय पर्यटन व्यवसायीहरुको भनाई छ । यसरी आउने केहि भारतीय पर्यटकहरु दामोदरकुण्ड पुग्ने गरेका छन् । भारी हिमपात हुने र पदमार्ग व्यवस्थित नहुँदा असार, साउन र भदौ महिनामा मात्रै दामोदरकुण्ड जाने सकिन्छ ।   एक्यापका अनुसार, तेस्रो मुलुकबाट १४ हजार पर्यटक भित्रिएकोमा  अष्ट्रेलिया, फ्रान्स, जर्मनी, स्वीडेन लगायतका मुलुकका बढी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ