arrow

मालिकले कोही छैन भनेकै ठाउँमा प्रहरीले जोडी नै भेट्टाएपछि..........

संचालकसहित तीन पक्राउ

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Jodi.gif.gif
विराटनगर । अवैध यौन धन्दामा संलग्न गेष्ट हाउस सञ्चालक सहित तीन जना प्रहरीको फन्दामा परेका छन् । विराटनगर १४ को हिमाञ्चल गेष्ट हाउसबाट आइतबार साँझ वडा प्रहरी कार्यालयले गेष्ट हाउस सञ्चालक झापा सुरङ्गाकी ३८ वर्षीया गीता पाठक सहित तीनजनालाई पक्राउ गरेको हो ।
 
गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुराकी पाएपछि चेकजाँच गर्न पुगेको प्रहरी टोलीलाई गेष्ट हाउसमा कोही पनि नभएको भन्दै सञ्चालक पाठकले खाली ‘लगसिट’ देखाएकी थिइन् । प्रहरीले उनको भनाईमा सत्यता नभएको भन्दै चेकजाँच गर्दा एक जोडीलाई यौन क्रियाकलाप गरिरहेको अवस्थामा फेला पारेको थियो ।
 
पक्राउ गरिएका तीन जनालाई आवस्यक अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालयमा राखीएको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए । विराटनगरका गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको गुनासोका आधारमा आइतबार साँझ चारवटा गेष्ट हाउसमा चेकजाँच गरेको प्रहरी निरीक्षक लम्सालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ