arrow

प्रजातान्त्रिक शक्तिबीच दीर्घकालीन एकता हुनुपर्छ: अध्यक्ष थापा

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
kamal-thapa-1.jpg.jpeg

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मुलुकको स्वाधिनता, प्रजातन्त्रको सृदृढीकरण र प्रेस स्वतन्त्रताका लागि प्रजातान्त्रिक शक्तिबीच दीर्घकालीन एकता हुनुपर्ने बताएका छन् ।

राप्रपा मकवानपुरद्वारा बुधबार बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आम जनताको आर्थिक पक्षलाई दिगो व्यवस्थापन गरी आत्मनिर्भर नबनाएसम्म राजनीतिक परिवर्तनले सार्थकता नपाउने उल्लेख गरे।

उनले वर्तमान संविधानले उपेक्षित दलित समुदायलाई राजनीतिक क्षेत्रमा सहभागिता बढाउन उच्च स्थान दिलाएको चर्चा गर्दै ती समुदायले पनि राष्ट्रिय अखण्डता, प्रजातन्त्रप्रति बफादार हुनुपर्ने बताए ।

उपप्रधानमन्त्री थापाले बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई लोकतान्त्रिक दलहरुले आत्मसाथ गरेर नेपाली काँग्रेसकै नेतृत्वमा प्रजातान्त्रिक विचार र सिद्धान्तलाई अगाडि बढाउन दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मधु अधिकारी, दीपकबहादुर सिंह, पूर्व सांसद गणेश थापालगायतले प्रजातान्त्रिक शक्तिहरुले आफूलाई दलगत स्वार्थभन्दा माथि राखेर आगामी निर्वाचनमा एकढिक्का भएर अघि बढ्नुपर्ने विचार व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ