arrow

विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : अर्थराज्य मन्त्री राणा

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
udaya-samsher.jpg

ललितपुर । अर्थराज्य मन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्टहरुको अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको बताए।

ललितपुर क्षेत्र नं १ बाट निर्वाचित कांग्रेस नेता राणाले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुलार्इ मतदान गर्न आग्रह गरे। उनले भने, 'बाम एकताका नाममा देशलार्इ अधिनायकवादतर्फ लैजाने दुष्प्रयास भइरहेको छ, यसले लगानीकर्तालार्इ हतोत्साही बनाउनुका साथै देशलार्इ अधोगतितर्फ लैजाने निश्चित छ।'

अर्थराज्यमन्त्री राणाले संविधान निर्माण गर्ने एजेण्डासहित मतदाताले संविधान सभा निर्वाचनमा विजयी गराएको उल्लेख गर्दै आफूले उक्त जनादेश पूरा गरेको बताए। उनले भने, 'संविधान निर्माणका लागि मलार्इ मतदाताले पठाएका थिए, मैले त्यो जिम्मेवारी पूरा गरे। अब यो क्षेत्रको विकासका लागि म सक्रिय भएर लाग्नेछु।'

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि व्यक्तिगतरुपमा समेत आफूले सदैव पहल गरेको उनले बताए। कांग्रेस नेताहरुले २०७० सालको निर्वाचनमा राणा निर्वाचित भएपछि ललितपुरको क्षेत्रमा विकासले फड्को मारेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ