arrow

उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दिने

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
upendra-yadav-600x0.jpg.jpeg

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएका छन् ।  

अध्यक्ष यादवले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी  दिए । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् ।

फोरम नेपाल र राजपासँगको गठबन्धनमा उहाँ यस क्षेत्रबाट उम्मेदबार बन्न लागेको बताइएको छ । सो क्षेत्रमा करिब ८६ हजार मतदाता रहेका छन् ।

सप्तरी क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने भएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ