arrow

बन्द भएका ग्रामीण सडक धमाधम सञ्चालनमा

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
bhojpur_district_map.png

भोजपुर । वर्षायाम शुरु भएसँगै बन्द भएका भोजपुर जिल्लाका ग्रामीण सडक सञ्चालनमा आएका छन् । 

वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । 

यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् । 

तालिका अनुसार भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमानास्थित चखेवा भञ्ज्याङका लागि दैनिक दुईवटा (बिहान र अपराह्न) र दाँवा, बलौटेका लागि दैनिक एकवटा बसले सेवा दिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए । 

त्यस्तै, उत्तरमा दिङ्ला तथा दक्षीणमा घोरेटार लगायतका ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा ल्याइने भएको छ । 

ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि भोजपुरलगायत खोटाङका सर्वसाधारणलाई आवतजावतमा निकै सहज भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ