arrow

निर्वाचन लोकतान्त्रिक र साम्यवादी शासन व्यवस्थामध्ये एक रोज्ने अवसर हो :मन्त्री बस्नेत

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
ambika_basnet.png

काठमाडौं । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लोकतान्त्रिक एवं साम्यवादी शासन व्यवस्थामध्ये कुन उपयुक्त हो भनी छान्ने अवसर भएको बताएकी छन्  । 

गोकर्णेश्वर नगरपालिका ५ मा स्थापना भएको पृथ्वीनगर टोल सुधार समितिको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले उदार र अधिनायकवादी शासन व्यवस्थामध्ये जनताको रोजाइ कुन हो भनी हेर्ने समय आएको विचार राखिन् । 

निर्वाचन अघि कम्युनिष्ट पार्टीले वाम गठबन्धन बनाएर अधिनायकवादी व्यवस्था ल्याउने उद्घोष गरेपछि यस्तो माहोल बनेको उनको भनाइ थियो । “सहकारी विभागले कृषि र बहुउद्देश्यीय सहकारीलाई अनुदान दिन निवेदन आह्वान गरेको छ, कृषि एवं विविध क्षेत्रमा काम गर्ने सहकारीलाई सहयोग गर्ने नीतिबमोजिम निवेदन आह्वान गरिएको हो, युवा स्वरोजगार कोषले पनि बेरोजगार युवाका लागि सहकारीमार्फत  दुई लाख व्यवसायका लागि प्रदान गर्छं” मन्त्री बस्नेतले भनिन् । 

पूर्व सांसद रामेश्वर फुयाँलले कवाडी भनी फालिएका वस्तुलाई बिक्री गरी विकास निर्माणका काममा लगाउनुपर्ने बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता कृष्ण केसी, नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, वडा नं ६ का अध्यक्ष रमेश अर्याललगायतले टोलटोलको विकास निर्माणमा समितिले योगदान गर्नुपर्नेमा जोड दिएका थिए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ