arrow

बंगबन्धु गोल्ड कप : मालदिभ्स बिरुद्ध १७ बर्षदेखि जीतको खोजीमा नेपाल

सन् १९९९मा भएको साफ गेम्समा नेपालले जीत हात पारेपछि मालदिभ्स बिरुद्ध जीत निकाल्न सकेको छैन्

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
Nepal_vs_Maldives.jpg.jpeg
काठमाडौँ । बङ्गलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले मालदिभ्सको सामना गर्दैछ।
 
मालदिभस बिरुद्ध नेपालको 'हेड टु हेड' हेर्दा खेलेको कुल १५ खेलमा  नेपालले ४ खेलमा जीत हात पारेको छ भने ४ बराबरी भएका छन् र बाँकी ७ मा मालदिभ्स बिजय भएको छ। मालदिभ्स बिरुद्धको पछिल्लो ५ खेललाई हेर्ने हो भने नेपालले ३ खेलमा पराजय र बाँकी २ बराबरी खेलेको छ। 
 
मालदिभ्स बिरुद्धको खेलमा नेपालको ठुलो जित अन्तर ४-०को रहेको छ।सन् १९८४मा  काठमाडौंमा भएको साफ गेम्समा नेपालले एउटै प्रतियोगितामा मालदिभ्सलाई ४-०को अन्तरले २ पटक पराजित गरेको थियो। उक्त प्रतियोगितामा फुटबल तर्फको स्वर्ण नेपालले हात पारेको थियो। 
 
नेपाललाई मालदिभ्सले हराएको ठुलो अन्तर ४-१ गोलको रहेको छ। सन् २००८मा भएको साफ चयाम्पियनसिपमा मालदिभ्सले नेपाललाई ४-१ले पराजित गरेको थियो। मालेमा भएको प्रतियोगिता मालदिभ्सले भारतलाई पराजित गर्दै उपाधी हात पारेको थियो। 
 
बङ्गलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रङगशालामा हुने खेलमा पहिलो सेमिफाइनलको खेल आयोजक बङ्गलादेश र बहराइन सोमबार साँझ ५:४५ आमने सामने हुनेछन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भने मङ्गलबार नेपालले माल्दिभ्सको सामना गर्नेछ । 
 
सन् १९९९मा भएको साफ गेम्समा नेपालले जीत हात पारेपछि मालदिभ्स बिरुद्ध जीत निकाल्न सकेको छैन्। के नेपालले १७ बर्ष पछि मालदिभ्स बिरुद्ध पहिलो जीत हात पार्न सक्छ ? 
 
प्रतियोगितामा बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने बहराइन समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै, समूह चरणको खेलमा तीन खेल खेलेका बङ्गलादेशले एक खेलमा जित तथा दुई खेल बराबरीको नजिता ल्याएको थियो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो मलेसियाविरुद्वको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । त्यस्तै तेस्रो तथा अन्तिम नेपालविरुद्वको खेल गोलरहित बराबरीमा टुगिङ्एको थियो । 
 
समान तीन खेल नै खेलेको बहराइनको एक खेलमा जित तथा दुई खेलमा बराबरीको नजिता आएको थियो । बहराइनले कम्बोडियालाई १–० गोलअन्तरले पाखा लगाएको थियो भने बङ्गलादेश र माल्दिभ्सविरुद्वको खेल समान १–१ गोलको बराबरीमा टुङ्गिाएको थियो । त्यसैगरी नेपाल भने समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । माल्दिभ्स समूह ‘बी’ को विजेता हो । समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको थियो । 
 
नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलको थियो । समान तीन खेल नै खेलेका माल्दिभ्सले भने दुई खेलमा जित तथा एक खेल बराबरीमा खेलको थियो । माल्दिभ्सले कम्बोडिया र बङ्गलादेशलाई पराजित गरेको थियो भने बहराइनसँग बराबरी खेलको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ