arrow

उत्तरी अफगानिस्तानमा दश आतंककारी मारिए

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
Earthquake-Death-in-Nuwakot.jpg.jpeg

अफगानिस्तान । सिन्ह्वा  उत्तरी अफगानिस्तानमा भएको एकम हवाई आक्रमणमा कम्तीमा १० आतंककारी मारिएका छन् । 

कुन्दुज प्रान्तमा आइतबार राति सो सुरक्षा कारबाही भएको एक सैनिक अधिकारीले सोमबार जानकारी दिएका छन् । 

कुन्दुजु प्रान्तको खानबाद जिल्लामा लुकेर बसेका अफगान सेनाका कमाण्डोहरुले सो कारबाही गरेका थिए । गएराति गरिएको यस कारबाहीमा स्थानीय तालिवान नेता नूर उल्लाहको पनि मृत्यु भएको छ । 

आइतबार बिहान तालिवान आतंककारी समूहले गरेको एक आक्रमणमा १३ प्रहरी अधिकारी मारिएपछि बदलास्वरुप यो आक्रमण गरिएको थियो । प्रहरी चौकीलाई घेरा लगाएर गरेको यस आक्रमणमा नूर उल्लाहको प्रत्यक्ष संलग्ता रहेको बताइएको छ । 

कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाघलान र ताखार प्रान्तमा पनि गत दुई हप्तादेखि नै सुरक्षा अधिकारी र तालिवान आतंककारीबीच भीषण झडप जारी रहेको छ । यस क्षेत्रमा सुरक्षा अधिकारीहरुलाई चुनौतीको रुपमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ