arrow

१७ वर्ष पछि नेपाललाई सफलता, नवयुगको ह्याट्रिक, उपाधि भिडन्त बहराइन यू–२३ संग

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
nabayug.jpg.jpeg
काठमाडौं । बंगबन्धु राष्ट्रिय मैदानमा भएको दोस्रो सेमिफाइनमा गोल्डकपमा माल्दिभ्सविरुद्ध शानदार जित निकाल्दै १७ वर्ष पछि सफलता हासिल गरेको छ । जितसंगै नेपाल बंगबन्धु गोल्डकपको फाइनलमा पुगेको छ । बंगबन्धु राष्ट्रि मैदानमा भएको दोस्रो सेमिफाइनलमा नेपाललाई जिताउन राष्ट्रिय टोलीमा यसै वर्ष परेका नवयुग श्रेष्ठले ह्याट्रिक गरे । विशाल राईले एक गोल गरे । माल्दिभ्सका नसिदले एक गोल फर्काए । नवयुगले ३१, ६२ र ९१ औं मिनेटमा गोल गरे । विशालले ५२ औं मिनेटमा गोल गरेका हुन् । शुक्रबार हुने फाइनलमा नेपालले बहराइनको २३ वर्ष मुनिको टिमसंग उपाधि भेट गर्ने छ । 
 
लाइभ अपडेट 
 
  • नवयुगले ९१ औं मिनेटमा ह्याट्रिक पुरा गरे  19:08:40

  • हेमन गुरुङ बाहिरिए, रन्जन विष्ट भित्रिए ।  18:56:29

  • माल्दिभ्सले खाता खोलेसंगै नेपाल आक्रामक देखिएको छ ।  18:54:43

  • माल्दिभ्सले खाता खोल्यो । ७७औ मिनेटमा नसिदले गोल गरे ।  18:52:23

  • विशालले ५२ औं र नवयुगले ६२ औं मिनेटमा गोल गरे ।  18:43:37

  • नेपाल ३–० ले अघि । नवयुगको व्यक्तिगत दोस्रो गोल । विशाल राईले पनि आफ्ना नाममा खाता खोले ।  18:41:51

  • सन् १९८४ मा काठमाडौंमा भएको साफ गेम्समा नेपालले एउटै प्रतियोगितामा मालदिभ्सलाई ४-० को अन्तरले २ पटक पराजित गरेको थियो। उक्त प्रतियोगितामा फुटबल तर्फको स्वर्ण नेपालले हात पारेको थियो ।  18:16:37

  • हाल सम्म माल्दिभ्ससंग खेलेका १५ खेल मध्य नेपालले ४ खेल जित्दा ७ खेलमा हार बेहोरेको छ । यस्तै, ४ खेल बराबरीमा सकिए ।  18:16:16

  • सन् १९९९ मा भएको साफ गेम्समा नेपालले जीत हात पारेपछि मालदिभ्स बिरुद्ध जीत निकाल्न सकेको छैन । 18:12:43

  • बल नियन्त्रण नेपाल ६५ प्रतिशत , माल्दिभ्स ३५ ।    18:09:53

  • नेपाल १७ वर्ष पछि माल्दिभ्सविरुद्ध जितको खोजीमा छ ।  18:05:44

  • पहिलो हाफ सकियो । नेपाल १–० ले अघि ।  18:04:18

  • पहिलो हाफ सकिन १ मिनेट बाँकी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ