arrow

तत्काल भाडा घटाउन नेविसंघको माग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
nebisangha-300x155.jpg.jpeg
काठमाडौं ।  पेट्रोलियम पदार्थको मुल्य घटेको दरमा सवारी सधानको भाडादर तत्काल घटाउन नेपाल विद्यार्थी संघले माग गरेको छ ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि सवारी साधनको भाडा नघटेको भन्दै भाडा घटाउन माग गरेको हो । 
 
नेविसंघ प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् । 
 
नेविसंघले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । 
 
निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको थियो। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ९९, डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १०४ र डिजेल र मट्टितेल  ८१ मा बिक्री हुँदै आएको थियो ।
 
आयल निगमका डिपोहरुमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन पनि नेविसंघले आग्रह गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ