arrow

च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड गुल्टियो, रोनाल्डोलाई सान्त्वना

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
real-tottenham.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियाल मड्रिड गुल्टिएको छ । रियाल मड्रिडलाई इंगलिस क्लव टोटनह्यामले ३–१ ले पराजित गरेको हो ।

समुह चरणमा सन् २०१२ मा डर्टमुन्डसंग पराजित भएदेखि टोटनह्यामले नकारात्मक परिणम भोग्नु परेको छैन ।

टोटनह्यामका लागि डेले अलीले २७ र ५६ औं मिनेटमा गोल गरे । क्रिष्टियन इरिक्सेनले ६५ औं मिनेटमा गोल गरे ।

निकै फितलो देखिएको रियालका लागि ८० औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले सान्त्वना गोल फर्काए ।

वेम्बलेको घरेलु मैदानमा टोटनह्यामले आकर्षक जित हासिल गरेसंगै रियाललाई बिर्सन नसकिने गरि झड्का लागेको छ ।

जितले टोटनह्याम समुह एच बाट अर्को चरणमा पुगिसकेको छ भने रियाललाई अझै औपचारिकता बाँकी छ ।

बुधबार राति भएका अन्य खेलहरुमा इंगलिस क्लवहरु लिभरपुल र म्यानचेस्टर सिटी पनि विजयी भएका छमन् ।

लिभरपुलले मारिबोरलाई ३–० ले तथा सिटीले नापोलीलाई ४–२ ले हरायो ।

सेभिल्लाले एस मस्कोलाई २–१ ले, शक्तरले फेयनुर्डलाई ३–१ ले, एफसी पोर्टोले आरबी लेप्जिगलाई ३–१ ले हरायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ