arrow

प्रचण्डको उम्मेदवारी छैटौं नम्बरमा, विक्रम पाण्डेको 'लक्की नम्बर सेभेन'

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
prachanda_bikram.jpg

काठमाडौं । बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड विरुद्ध लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राप्रपा नेता विक्रम पाण्डेले प्रचण्डसँगै गएर उम्मेदवारी दिएका छन् । झण्डै झण्डै सँगैसँगै उम्मेदवारी दर्ता गर्न पुगेका उनीहरु मध्ये पाण्डे प्रचण्ड भन्दा एक नम्बर पछि पाण्डेले उम्मेदवारी दिएका छन् । 

चितवनमा विकास मार्फत् आफ्नो प्रभाव जमाएका पाण्डे चितवनमा अन्य उम्मेदवारसँग उम्मेदवारी दिएको खण्डमा उनको सहजै जीत निस्कने अनुमान धेरैको थियो । तर, माओवादी अध्यक्ष प्रचण्डसँग त्यो पनि एमालेको समर्थन पाएपछि उनको मनोनयन केही कठिन भएको विश्लेषण गरिएको छ । तर, यो क्षेत्रमा प्रतिस्पर्धा भने रोचक देखिएको छ । 

उनीहरुबीचको प्रतिस्पर्धा जस्तै, उनीहरु उम्मेदवारी दर्ताको क्रममा पनि सँगसँगै निर्वाचन कार्यालय पुगेका हुन् । निर्वाचन अधिकारी शम्भुराज रेग्मीले प्रचण्डले छैटौं नम्बरमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

दिउँसो २ बजेतिर माओवादीले उम्मेदवारी दिएर हिँडेको र राप्रपाका उम्मेदवार मनोनयनको लागि आएको बताएका छन् । सो समयसम्म प्रतिनिधि सभामा दर र स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ