arrow

काठमाडौंमा साँझसम्म छिटपुट वर्षा हुने, देशका उच्च भेकमा हिमपात, जुम्लामा १६ मिलमिटर वर्षा

काठमाडौंमा ०.४ मिलिमिटर वर्षा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
mausam-Fnl-new.jpg.jpeg

काठमाडौं । सोमबार साँझबाट देशभरको मौसममा आएको बदलि वुधबार (आज) साँझ सम्म रहने भएको छ । दिनभर देशैभर सामान्य बदलि कायम रहने र विहिबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा छिटपुट वर्षा हुने मौसमविद् शान्ति कँडेलले हाम्राकुरालाई जानकारी दिइन् । काठमाडौं उपत्यकाका केही स्थानमा साँझ सम्म छिटुपुट वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रबाट मौसममा सुधारहुने क्रम रहेकाले विहिबार सुधार आउने मौसमविद् कँडेलको भनाई छ । कंडेलले भनिन्,‘पूर्व पश्चिम सबैतिर बदलिको अवस्था कायम छ, उच्च हिमाली क्षेत्रमा फेरि पनि हिमपात हुन सक्छ ।’ मंगलबारै देशका उच्च भेकमा हिमपात भइसकेको छ । यस्तो, अवस्थामा पानि कम पर्ने र हिमपात बढी हुने सम्भावना रहन्छ ।

वर्षा कति भो ?

मंगलबार राति काठमाडौंमा हल्का वर्षा भएको छ । काठमाडौंमा शून्य दशमलव ४ मिलिमिटर वर्षा भयो । वुधबार समेत छिटपुट वर्षाको सम्भावना छ । मंगलबार सबै भन्दा बढी जुम्लामा वर्षा भएको छ । जुम्लामा १६ मिलिमिटर वर्षा भएको मौसमविद् कंडेलले जानकारी दिइन् । जुम्लामा भएको हिमपातलाई वर्षामा रुपान्तरण गर्दा १६ मिलिमिटर भएको मौसमविद् कंडेलको भनाई छ । कंडेलले भनिन्,‘हामीले हिउलाई पनि वर्षामा रुपान्तरण गरेर विवरण संकलन गर्दछौं ।’ काठमाडौंको तापक्रम मंगलबार १५ डिग्री सेल्सियस रहेकामा वुधबार केही घटेको छ । बुधबार विहान न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहयो । दिउँसो १३ डिग्री रहेकामा अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसबीच रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

किन मौसम बदलि भयो ?

उच्च वायुमण्डलमा रहेको पश्चिमी न्यून चापिय रेखाको प्रभावले अरब सागरबाट उत्पन्न जलवाष्फ भारत हुँदै नेपाल भित्रिएपछि बादल लाग्ने र छिपुट पानी पर्ने गरी क्षणिक मौसमी परिवर्तन भएको हो । अरब सागरमा उत्पन्न भएको मौसमीय गडबढी पश्चिमी वायुका रुपमा नेपाल प्रवेश गर्ने गरेको छ ।

सुदूरपश्चिममा हिमपात

बाजुरा जिल्लाको सदमुकाम मार्तडी र कोल्टीबीचमा पर्ने पाण्डुसेनस्थित पोरखे लेकमै बाक्लो हिमपात भएको छ । बाजुराकै ढम्कने, दहकोट, मानाकोट, कोटीला, जगन्नाथ, गोत्री लगायतका उच्च लेकाली भेकमा मंगलबार साँझबाटै हिमपात भएको हो । हिमपातले वायु चिसिएपछि जनजीवन कष्टकर भएको छ ।  हिमपातका कारण कोल्टी क्षेत्रमा सञ्चार सेवा समेत भएको छ । उच्च लेकाली क्षेत्रमा स्थानीयलाई घर बाहिर निस्कन अफ्ठ्यारो भएको छ । विद्यालयहरु समेत खुल्न सकेको छैनन् ।

उता, मंगलबार बिहानैदेखि बदलि भएको मौसमका कारण बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, दार्चुला र डडेल्धुरामा हिमपात भएको छ । बैतडी सदरमुकाम, देहिमाडौँ, गुरुखोला, नागार्जुन, हटैराज, कटौजपानी लगायत स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बैतडीले जनाएको छ । 

त्यस्तै दार्चुलाको सदरमुकाम खलङ्गा, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्कर लगायत क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । चिसोबाटै बच्न दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् ।

दार्चुलामा यसअघि पुसको दोस्रो साता र चौथो साता पनि हिमपात भएको थियो । डडेल्धुराको सदमुकामलगायत भीमदत्त राजमार्गका विभिन्न स्थानमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै बझाङको जयपृथ्वीबहादुर सिंह राजमार्ग आसपास र काँडा क्षेत्रलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ