arrow

क्याटलोनियाका नेतालाई पक्राउ गर्न आदेश

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
hatkadi-new-ss.jpeg

म्याड्रिड ।  स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिएका छन् । 

नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधिशले उनीहरुलाई पक्राउ गर्न आदेश दिएका हुन् । संविधानको उलङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न न्यायाधिशहरुले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए । 

स्पेनले विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलोनियाका नेताहरु गत हप्ता बेल्जियम गएका छन् । क्याटलोनियाका विद्रोही नेता पुईग्डेमोन्टसहित अन्य चार जना पनि अहिले बेल्जियममै रहेको बताएको छ । उनीहरुलाई पनि केन्द्रिय सरकारले एक हप्ता अगाडी बर्खास्त गरेको थियो । अदालतले उनीहरुलाई पनि पक्राउ गर्न आदेश दिइएको बताएको छ । 

पक्राउ आदेश आउन भन्दा अगाडी बेल्जियमको एउटा टेलिभिजनलाई शुक्रबार अन्तवार्ता दिदै नेता पुईग्डेमोन्टले स्पेनको अदालतमा राजनीतिकरण भएको बताएका थिए । राजनीतिक प्रभावमा परेको अदालतले निश्पक्ष निर्णय गर्न नसक्ने भएकाले न्यायको सुनिश्चितता नभएको उनको भनाई छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ