arrow

जुनसुकै अवस्थामा पनि कांग्रेसले चुनाव जित्नुपर्छ : शंशाक कोइराला

logo
धनु भुसाल,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
sasank-new-pc.jpg.jpeg

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने बताएका छन् । बर्दघाट सुस्ता पूर्वको नवलपुर को निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा उठेका महामन्त्री कोइरालाले शनिवार गैँडाकोटमा आयोजीत चुनाव लक्षीत चियापान कार्यक्रममा बोल्दै जुनसुकै अवस्थामा पनि कांग्रेसले जित्नुपर्ने बताएका हुन् ।

  तेस्रो पटक सोहि क्षेत्रबाट चुनावमा उठेका कोइरालाले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर संविधान परिवर्तन गर्न एक भएको आरोप लागाए । उनले बाम गठबन्धनले नवलपुरको पूर्वी खण्डमा नजित्ने दावि गर्दै गठबन्धनबाट कांग्रेस माथि आक्रमण भएको जिकिर गरे।

 उनले नेपाली कांग्रेसको सरकारले संविधान ल्याएको र यसको कार्यन्वयका गर्न र संविधानलाई बचाउन पनि कांग्रसले चुनाव जित्ने दावि गरे। मनोनयन दर्ता भएसंगै नवलपुरमा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसारको अभियान शुरु गरेको छ । महामन्त्री कोइराला २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनबाट नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व सांसद हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ