arrow

प्रचण्ड भन्छन्–चुनाव लगत्तै पार्टी एकता गरेर सरप्राइज दिन्छौँ

सरकारले १० दिन चुनाव सारेको भए पार्टी एकता भइसक्थ्यो

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
pmprachandadahal.jpeg

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव लगत्तै पार्टी एकीकरण गरेर सरप्राइज दिने बताएका छन् ।

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा उनले चुनावलगत्तै एमालेसँग पार्टी एकता हुने बताएका हुन् । अध्यक्ष दाहालले भने,  ‘जसरी दशैं मनाइरहेका नेपालीलाई एमाले र माओवादीको पार्टी एकता संयोजन समिति र वाम तालमेलको घोषणा सरप्राइज दिइएको थियो । त्यसैगरी चुनाव लगत्तै पार्टी एकताको घोषणा गरिनेछ ।’

अध्यक्ष दाहालले पार्टी एकताको तयारी पूरा भएको समेत सुनाएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग कुरा भइसकेको र पार्टीको तल्लो तहमा पनि छलफल भइरहेको अध्यक्ष दाहालले बताए । उनले सरकारले १० दिन मात्रै निर्वाचन सारेको भए पार्टी एकता घोषणा भइसक्ने पनि बताएका छन् ।

यस्तै, उनले अब नेपाली काँग्रेसको फेरो समाएर सत्तामा नजाने उदेघोष पनि गरेका छन् । उनले सत्ताको डाडुपन्यू कम्युनिष्टहरुको हातमा ल्याउन एमाले र माओवादीवीच एकता गर्न लागिएको पनि बताए ।

उनले अगाडि भने, ‘कहिले एमाले काँग्रेससँग मिलेर जाल कहिले माओवादी काँग्रेससँग मिलेर जाला तर, मुलतः डाडुपन्यू काँग्रेसकै हातमा हुन्छ यसरी समाजवाद ल्याउन सकिँदैन ।’ हाम्रो प्रयत्न समाजवाद ल्याउने हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ