arrow

'समृद्ध मुलुक निर्माणका लागि वाम गठबन्धन’

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
bam_gathabandhan.jpg

काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा गरिबीको दुष्चक्रलाई अन्त्य गरी समृद्ध मुलुक निर्माणका लागि वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिनुपर्ने बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले गठबन्धन कसैका विरुद्ध नभई अस्थिरतालाई समाप्त गरी देशमा सुशासन, सामाजिक न्याय, समानता र न्यायोचित वितरणका लागि भएको प्रष्ट पारे। 

सो क्षेत्रका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले आगामी मंसिरमा हुने निर्वाचनपछि एमालेको नेतृत्वमा गठन हुने वाम सरकारले जनताको सुखी र सम्पन्न हुने चाहना पूरा गरेर देशलाई विकसित राष्ट्रका रुपमा स्थापित गरी नयाँ नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले चुनाव लगत्तै एमाले र माओवादी केन्द्र एकता प्रक्रियामा जाने बताउँदै सो गठबन्धन देख्न नचाहनेले एकता भाडनका लागि विभिन्न भ्रम फैलाएकाले यसप्रति चनाखो हुन आग्रह गरे। 

उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र राष्ट्रिय आवश्यकताका आधारमा वामपन्थी शक्ति एकै ठाउँमा आएकाले गलत अफवाह नफैलाउन र आफ्नो गल्ती ढाकछोप नगर्न नेपाली काँग्रेसलाई आग्रह पनि गरे। काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रदेश (क) का उम्मेदवार सानु श्रेष्ठले वामपन्थीको बाहुल्यता रहेको मुलुकमा विभिन्न कारणले उनीहरु एकताबद्ध हुन नसक्दा जनता शोषित हुनु परेकामा चिन्ता व्यक्त गरे। 

प्रदेश (ख) का उम्मेदवार चुडामणि फुँयालले जनतालाई अधिकार सम्पन्न बनाउन वाम गठबन्धनको औचित्य रहेकाले निर्वाचनमा उनीहरुलाई जिताउने कार्यमा जनता क्रियाशील हुनुपर्नेमा जोड दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ