arrow

वर्तमान राष्ट्रपतिद्धारा पूर्व राष्ट्रपतिलाई ‘जनआन्दोलन स्वर्ण पदक’

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
president-samman.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामबरण यादवलाई सम्मान गरेकी छिन् । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले सर्वमान्य नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भण्डारीले डा यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी हुन् । 

सम्मान प्राप्त गरेपछि डा यादवले भण्डारीलाई धेरै धेरै धन्यबाद दिंदै पूर्व राष्ट्रपतिको हैसियतमा आफ्नो जिम्मेवारी बढेको बताए । 

जनआन्दोलनको गरिमाका बारेमा राम्रै जानकार रहेको बताउँदै डा यादवले जनआन्दोलन स्वर्णपदकबाट अझ बढी देशसेवामा लाग्ने प्रेरणा मिलेको बताए । 

उनले गणेशमान सिंह नेपालकै एक साहसी योद्धा भएको बताए । 

त्यस्तै राष्ट्रपति भण्डारीले गणेशमान सिंहको योगदानको चर्चा गरिन् । 

यसअघि कार्यक्रममा रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई १९९७ सालका शहीद धर्मभक्त माथेमाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका थिए । 

सर्वमान्य नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले १९९७ सालका चार शहीदमध्ये अन्य तीन शहीदको नाममा विभिन्न स्थान नामाकरण भए पनि धर्मभक्तको नाममा केही पनि नभएकाले मानव प्रत्यारोपण केन्द्रलाई नामाकरण गर्न प्रस्ताव गरेका हुन् । 

राष्ट्रपति भण्डारीको उपस्थितिमा उनले गरेको प्रस्तावलाई कार्यक्रममा जनसमुदायले स्वागत गरेका छन् । 

मन्त्री प्रधानले अब बस्ने मन्त्रीपरिषदको बैठकमा यो प्रस्ताव लैजाने पनि जानकारी गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ