arrow

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद  घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर केदार शर्मा र सहायक ईन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै जनालार्ई पक्राउ गरेको बताए ।

उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद ६ लाख रुपैया प्रमुख जिल्ला ईन्जिनियर केदार शर्माको निवासबाट बरामद गरिएको छ ।यस्तै लिएको ९ लाख र ५ लाख ३० हजारको बैंकको चेक समेत सेवा ग्राहि वाट दुवै जना ईन्जिनियरले लिएको र सो कार्यालय कै अन्य कर्मचारी चेक साट्न कैलाली गएकाले यसबारे अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु सिह बिष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ