arrow

शिखर सुजको क्रेजी सेल मेलामा उपभोक्ताको अत्यधिक चाप, म्याद दुई दिन बढ्यो

३९ र ४० नम्वरको स्पोर्टस र लेदर सुज छानी छानी ५ सयमा

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
shikhar_shoe_mela.jpg

काठमाडौं। कार्तिक ६ गतेदेखि भृकुटीमण्डपमा शुरु भएको शिखर क्रेजी सेल मेला उपभोक्ताको माग पछि थप दुई दिन बढाइएको छ। 

शिखर सुजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलामा आएका उपभोक्ताको चाप तथा मागलाई ध्यानमा राखी मेला केहि दिन विस्तार गर्न लागेको बताए।

हुन पनि शिखर सुजको मेला शुरु भएको केहि दिनबाट नै उपभोक्ताको चाप ह्वात्तै बढेको प्रसाई बताउँछन्। उपभोक्ताको यहि चापलाई मध्यनजर गर्दै मेलाको अवधी २५ र २६ दुई दिन थपिएको उनले बताए।

विहान ८ बज्नु अघी देखिनै मेलामा उपभोक्ता आउन थाल्ने तथा सााझ ७ वजेसम्म पनि रहने उनले बताए।

कार्यालयको काम र समय मिलाएर अत्यधिक शिखर सुजका पारखीहरु मेलामा आएको प्रसाईले अनभव सुनाए। सिंहदरवारबाट दिउँसोको सयममा आफ्नो लागि जुत्ता किन्न आएका सन्दिप पौडेल आकर्षक मूल्यमा जुत्ता चप्पल पाएपछि भने परिवारका सबैलाई किनेर फर्किए। पौडेलले भने, ' सस्तो अनि राम्रो पनि पाएपछि परिवारलाई नै लिएर गए।'

यस्ता धेरै उपभोक्ताको कारण शिखर सुज नम्वर १ फुटवेयर व्राण्ड भएको प्रसाईको अनुभव छ। 

एउटै ब्रान्डका ४ सयभन्दा बढी प्रकारका जुत्ता–चप्पलबाट ग्राहकले छानी–छानी आफूलाई मन परेका आइटम किन्न सक्ने भएपछि शिखर क्रेजी सेल मेलाको आकर्षण आम उपभोक्तामाझ  ह्वात्तै बढेको हो। 

१ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मको जुट्टा चप्पल पाइने मेलामा स्पोर्टस सुज र लेदर सुज अत्यधिक छुटमा पाइएको छ। 

३९ र ४० नम्वरको स्पोर्टस सुज र लेदर सुज छानी छानी ५ सयमा लिन पनि उनले बताए। 

नेपालको नम्वर वान फुटवेयर व्राण्ड शिखर सुजले जाडो मौसमलाई लक्षित गरेर काठमाडौंमा शिखर क्रेजी सेल मेला शुरु गरेको हो। 

अपत्यारिलो अफर लिएर शिखरले शुरु गरेको क्रेजी सेल मेलामा सय रुपैयाँ माथिका चप्पल जुत्ता धमाधम विक्रि भइरहेको छ। 

शिखर सुजका प्रवन्ध निर्देशक प्रसाईले ५ सय भन्दा वढी डिजाइनका जुत्ता चप्पलहरु मेलामा राखिएको बताए। 

२० दिनदेखि सञ्चालनमा आएको मेलामा जाडोका लागि लक्षित कपडा तथा  छालाका जुत्ता चप्पलहरु राखिएको छ। 

निर्देशक प्रसाईंका अनुसार मेलामा जाडोमा लगाइने कपडा तथा स्पोर्ट्स सुजमा सबै उमेरका ग्राहकको आकर्षक देखिन्छ । 

यस क्रममा युवाहरूले क्याजुअल सुज बढी मन पराइरहेका छन् । 

उपभोक्ताको उत्साहजनक सहभागितापछि मेलाको म्याद वढाइएको कम्पनीको भनाई छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ