arrow

एमाले नेता पोख्रेलले भने-'दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं'

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
shankar-pokhrel-1.jpg.jpeg

दाङ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्वर २ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका छन् ।  नेता पोख्रेलले प्रदेशको मध्य भागमा रहेको दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका हुन् ।

दाङलाई क्यापिटल सिटी, नेपालगञ्जलाई औद्योगीक र बुटवललाई पर्यटकीय नगरका रुपमा विकास गरिने प्रदेशनम्वर ५ को मुख्यमन्त्री पदका प्रस्तावित उम्मेदवार पोख्रेलले बताएका छन् । ५ नम्वर प्रदेशको विकासका लागि आफूले विस्तृत कार्ययोजना तयार पारेर चुनावमा होमिएको भन्दै नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका पोख्रेलले आफ्नो उम्मेदवारी सिंगो प्रदेशको समृद्धिका लागि भएको बताए ।

दाङको घोराही ३ कुइरेपानीदेखि वडानम्वर १० को अम्राईसम्मको दामोदर मार्गलाई बैकल्पिक मार्गका रुपमा विकास गर्ने, जिल्लाका प्रर्यटकीय स्थलहरुको स्तरोन्नति गर्दै घोराहकिो बाह्रकुने दहलाई चिडियाखानासहितको रमणिय पार्कका रुपमा विकास गर्नेलगायतका योजनाहरु रहेको बताए । दाङको समृद्धिका लागि बाम गठ बन्धनको विजय अनिवार्य रहेको उनको भनाई थियो ।

निर्वाचन जित्नका लागि मात्रै नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल नभएको भन्दै पोख्रेलले भने, ‘बाम गठबन्धनपछि देशी विदेशी शक्तिहरु अत्ताल्लिएका छन् । नेपाली कांग्रेस लगायतका दलहरुले निर्वाचन जित्नका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा तालमेल भएको भन्ने गलत प्रचार गरिहेका छन् । यो हल्ला मात्रै हो । निर्वाचन लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले तालमेल गरिएको हो । यसमा भ्रममा नपर्न सबैलाई अनुरोध छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ