arrow

यु-१९ क्रिकेट : पहिलो खेलमा बंगलादेशसँग हार्‍यो नेपाल

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
nepal_ckt.JPG

काठमाडौं । १९ वर्ष मुनिको एसिया कपको पहिलो खेलमा नेपाली टोली बंगलादेश  सँग हारेको छ । दुई पटक वर्षाले प्रभावित भएको खेलमा नेपाल बंगलादेशसँग २ विकेटले हार्न पुगेको हो ।

वर्षाले प्रभावित खेलमा १८१ रनको चुनौती पछ्याएको बंगलादेश १ बल बाँकी छँदै ८ विकेट गुमाएर विजयी भयो । योसँगै बंगलादेशले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ढिला गरी सुरु भएको खेल ४३ ओभरमा छोट्टाइएको थियो । तर, नेपालले ४३ ओभर खेल्न पाएन ।

नेपालले ४०.१ ओभरमा १६७ रन बनाउँदा फेरी पानी परेपछि खेल रोकियो । पछि नेपालको इनिङ्स यतिकैमा समाप्त भयो । बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ चुनौती पायो । नेपाल जित नजिक पुगेपनि खेलको अन्त्यतिर नेपाल सम्हालिन सकेन ।

३९औँ ओभरमा नेपालका किशोर महतोले ४ रन मात्र खर्चिएर नेपाललाई जितकै पंक्तिमा राखेका थिए ।
बंगलादेशलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो । नेपालका कमल सिंह ऐरीले महिदुल इस्लामलाई आउट गर्दै खेल नेपालको पक्षतिर खिचेका थिए । तर, दोस्रो बलमा नहिम हसन र चौथो बलमा रोबिउल हकले चौका प्रहार गरेपछि बंगलादेश विजयी भयो ।

बंगलादेशको जितमा नइम शेखले सर्वाधिक ५२ रन बनाए भने अफिफ होसेन ध्रुबोले ३३, पिनाक घोषले २४ तथा महिदुल इस्लामले २३ रनको योगदान गरे । बलरद्वय हसन र हक समान ५ रनमा नटआउट रहे ।
नेपालका कमल सिंह र सन्दीप लामिछानेले २–२ विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । भीम सार्कीले ४० बलमा ४४, रोहितकुमार पौडेलले ५४ बलमा ४० तथा आसिफ शेखले ५२ बलमा ३० रन जोडे ।

यो हारले नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । समूह ‘ए’बाट यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो । आइतबार नेपालको भेट भारतसँग हुनेछ । नेपालले भारतलाई पराजित गर्न सकेमात्र सेमिफाइनलको बाटो खुला हुनेछ । कठिन समूहमा रहेको नेपाललाई भारतसँगको खेलक कठिन छ ।

यस्तै, अर्को समूहबाट लगातार दुई जित हासिल गर्दै श्रीलंका सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको श्रीलंकाले शनिबार दोस्रो खेलमा अफगानिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो समूहको अर्को टोली पाकिस्तान हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ