arrow

चुनाव नभएको भए एउटै कम्युनिष्ट केन्द्र बनिसक्थ्यो : प्रचण्ड

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
prachand_g.jpg

रत्ननगर, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताएका छन् ।

दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष दाहालले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा साँझ भएको चुनावीसभाका क्रममा अभियान अहिले निर्वाचनका कारण मात्रै रोकिएको बताए ।

निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले निर्वाचनलगत्तै कम्युनिष्ट गठबन्धन एकतामा परिणत हुने जिकिर गर्दै अन्य कम्युनिष्ट पार्टीलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताए ।

निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै नेता दाहालले सबै कम्युनिष्ट उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गरे । चितवनको विकास गरी नमुना सहर बनाउन आफू चितवन आएको उल्लेख गर्दैे पूर्वप्रधानमन्त्री दाहालले राप्ती, नारायणीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने आश्वासनसमेत दिए ।

उनले भरतपुर महानगरपालिका वडा नं १४, १५, २१ र २२ वडाका फूलबारी, शिवनगर, पटिहानी, पार्वतीपुरलगायत क्षेत्रमा घरदैलो कार्यक्रम गरे ।  घरदैलोका क्रममा स्थानीयवासीले बाटोघाटो, खानेपानी र स्कूल निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । उनले आजै वाम गठबन्धन निकट कानुन व्यवसायीसँग भएको अन्तरक्रियामा सहभागी हुँदै यो ऐतिहासिक अवसर गुमाउन नहुनेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ