arrow

पर्यटन उद्योगको विकास पोखराका उमेद्वार शुक्रराज शर्माको चुनावी मुद्धा

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
shukraraj-sharma-pokhara.jpg

कास्की। नेपाली काँग्रेस क्षेत्र नम्बर ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले पर्यटन उद्योगबाट क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्दै यसलाई आफ्नो चुनावी मुद्धा बनाएका छन् । 

शनिबार क्षेत्र नम्बर ३ मा आयोजित छुट्टा छुट्टै कार्यक्रममा बोल्दै उनले ३ नम्बर क्षेत्रमा पर्यटन विकासका सम्भावना रहेकाले तिनिहरुको कुसल ब्यबस्थापनबाट पर्यटन उद्योगकको विकास गर्न सकिने बताएका हुन्

विश्व शान्ति स्तुपा, फेवाताल, विन्ध्यवासिनी मन्दिर, पञ्चासे, घान्द्रुक, अन्नपूर्ण पदमार्ग, कास्कीकोटको दरवार, कस्यप ताल, सराङकोट यस क्षेत्रमा पर्ने बताउँदै ति क्षेत्रको विकास र प्रचार गरी पर्यटकका लागि गन्तब्य स्थान बनाउने आफ्नो योजना रहेको बताए ।

काँग्रेसको जितबाट मात्रै विकास र समृद्धि संभव भएको उल्लेख गर्दै अहिले मुलुकमा देखिएको विकास कांग्रेसको नेतृत्वमा भएको बताए । 

२००७ सालको परिवर्तन, २०४६ साल र २०६२-०६३ को परिवर्तनको नेतृत्व कांग्रेले गरेको स्पष्ट पार्दै उनले विकास र समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने जिकिर गरे । 

आधुनिक कृषि प्रणालिको विकास गरी स्थानीय स्तरमानै राजगारका आवसर सिर्जजना गरेर युवा पलायनलाई नियन्त्रण गर्ने आफ्नो योजना रहेको उनले सुनाए । 

काँग्रेसले गरेका विकासका काम र आगामि योजनाका बारेमा जानकारी गराएर मतदातासँग मत माग्न उनले कार्यकर्तालाई निर्देशन दिए । 

प्रदेश नम्बर ‘क’ की उम्मेदवार शारदा पौडेलले कांग्रेसले राजनीतिक लडाईमा विजय हासिल गरिसकेको उल्लेख गर्दै अबको लडाई आर्थिक विकासका लागि भएको उल्लेख गरिन् । 

प्रदेश सभा ‘ख’ का उम्मेदवार भोजबहादुर गुरुङ ‘सिकन्दर’ कुशल नेतृत्वको अभावमा मुलुकमा राजनीतिक अस्थिरता भएको उल्लेख गर्दै स्थिर राजनीति र स्थीर सरकारका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।  

कांग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले कम्युनिष्टको अधिनायकवादी तन्त्रलाई परास्त गर्न कांग्रेसलाई जिताउनु पर्ने बताए । लोकतन्त्रको नाममा साम्यवादी ब्यबस्था स्थापना गर्ने दाउमा नेपालका कम्युनिष्ट लागेको उल्लेख गर्दै त्रिपाठीले उनीहरुको योजनालाई सफल हुन नदिन कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता खेमराज पौडेलले दुुई तिहाँई बहुुमत ल्याएर संविधान संशोधनको माध्यमबाट मुलुकमा अधिनायकवादी ब्यबस्था स्थापना गर्न वाम गठबन्धन भएको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन काँग्रेसलाई चुनाव जिताउन आग्रह गरे । 

क्षेत्र नम्बर ३ भएका चुनावी सभामा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राज बहादुर गुरुङ, लोकतन्त्रीक खेलकुद संघका केन्द्रीय सभापति देवेन्द्र शेरचन, प्राध्यापक यादव राज अधिकारी, तरुणदल कास्कीका सभापति मजोज गुरुङ, अन्नपूर्ण गाउँपकलिकाका अध्यक्ष युवराज कुँवर लगायतका वक्ताले आ–आफ्नो भनाई राखेका थिए । 

यसैबीच उम्मेदवार शर्माले शुक्रबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ वडा इकाई समितिले पुम्दीभुम्दीमा आयोजना गरेको चुनाव प्रचार प्रसार समिति सम्पर्क कार्यालयको उद्घाट  गरे । 

वडा नम्बर २४ कास्कीकोट, वडा नम्बर ३ को नदीपुर र अन्नपूर्ण गाउँपालिका वडा नम्बर १, २, ३ को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरे । 

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ मा वडा सभापति प्रतापबहादुर कार्कीको संयोजकत्वमा ५०५ सदस्सिय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । 

अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा मधु सुवेदीको संयोजकत्वमा, वडा नम्बर २, मा शोभाखर अधिकारीको संयोजकत्व र ३ मा डिल्लिराम पौडेलको संयोजकत्वमा प्रचार प्रसरा समिति गठन भएको कांग्रेस नेता मनपति भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ