arrow

कञ्चनपुरमा राप्रपा र राप्रपा प्रजातान्त्रिकले नेपाली काँग्रेसलाई मत माग्ने सहमति

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
congress-123.jpg.jpeg

कञ्चनपुर । कञ्चनपुरमा नेपाली काँग्रेस सहित तीन राजनीतिक दल बीच लोकतान्त्रिक चुनावी तालमेल भएको छ । 

शनिबार नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक बीच चुनावी तालमेल भएको हो । 

तीनै पार्टीले संयुक्त रुपमा चुनावी तालमेल भएको घोषणा गरेका छन् । निर्वाचनलाई लक्षित गरेर तीनै पार्टीविच चुनावी तालमेल भएको हो । 

यो तालमेल पछि राप्रपा र राप्रपा प्रजातान्त्रिकले नेपाली काँग्रेसका उम्मेदवारका लागि भोट माग्ने छन् भने आ–आफ्ना पार्टीका लागि समानुपातिक भोट माग्ने छन् । 

लोकतन्त्रका लागि तीन राजनीतिक दल बीच चुनावी तालमेल भएको नेताहरुले बताएका छन् । 

नेपाली काँग्रेस कञ्चनपुरका ३ प्रतिनिधी सभा सदस्य र ६ प्रदेश सभा सदस्यका उम्मेदवारहरुका लागि भोट माग्ने उनीहरुको भनाई छ  । 

लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति बीच चुनावी तालमेल भएको नेताहरुले बताएका छन् । नेताहरुले समयको मागलाई सम्वोधन गर्दै यो निर्णय लिइएको नेताहरुले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ