arrow

यु–१९ युथ एसिया कप क्रिकेटः ऐरीले भारतविरुद्ध ठोके अर्धसतक 

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
dipendra-singh-aairee.jpg

क्वालालम्पुर । यु–१९ युथ एसिया कप क्रिकेटमा नेपाली टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले भारत विरुद्ध अर्धसतक बनाएका छन् । 

मलेसियाको बेयुमास ओभल मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले केही बेरअघि ४१ ओभर खेल्दा ६ विकेटको नोक्सानीमा १२९ रन बनाएको छ । 

ढिलो गतिमा खेलिरहेको नेपालका लागि ऐरीले अर्धसतक बनाउँदा ओपनर जितेन्द्र सिंह ठकुरी ३६ रन बनाएर आउट भएका छन् । 

भीम सार्की १५, आसिफ शेख १३ बलमा ३ तथा अनिल शाह १२ बलमा ६ रन बनाएर आउट भए ।  त्यसैगरी पवन सर्राफ १ तथा रोहित कुमार पौडेल ६ रनमा आउट भए 

नेपालले पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हारको सामना गर्नुपरेको थियो भने भारतले आयोजक मलेसियालाई २०२ रनले हराएको थियो । 

डिफेन्डिङ च्याम्पियन विरुद्ध नेपाल कत्तिको डटेर खेल्छ हेर्न बाँकी छ । 

यो खेलमा जित हासिल गरे नेपालको क्रिकेट स्तर बढ्नेमात्र  मात्र होइन यो प्रतियोगिताको सेमिफाइनलमा पुग्नसमेत ठूलो मद्धत गर्नेछ । 

यो खेलमा हारको सामना गर्दा नेपाल मलेसियासंग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ । 

अर्को समुहमा श्रीलंका शिर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र युएईले अंक जोडेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ