arrow

नेपालले भारतलाई दियो १८६ रनको चुनौती, ऐरीले ठोके ८८ रन

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
Nepal.JPG

क्वालालम्पुर । मलेसियामा भइरहेको यु–१९ युथ एसिया कप क्रिकेटमा जितका लागि नेपालले भारतलाई १८६ रनको विजयी लक्ष्य दिएको छ । 

यसअघि मलेसियाको बेयुमास ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १८५ रन बनायो । 

नेपाली टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले भारत विरुद्ध शानदार प्रदर्शन गर्ने क्रममा ८८ रन जोडे । 

ऐरीले १०१ बल खेल्दै २ छक्का र ६ चौकाको मद्धतले शानदार प्रदर्शन गरेका हुन् । 

ओपनर जितेन्द्र सिंह ठकुरी ३६ रन बनाएर आउट भएका छन् । 

भीम सार्की १५, आसिफ शेख १३ बलमा ३ तथा अनिल शाह १२ बलमा ६ रन बनाएर आउट भए ।  त्यसैगरी पवन सर्राफ १ तथा रोहित कुमार पौडेल ६ रनमा आउट भए । कमल सिंहले ५ रन बनाए । 

नवौं विकेटका लागि १३ रनको नटआउट साझेदारी गर्ने क्रममा सन्दिप लामिछानेले ५ बलमा ९ तथा किशोर महतोले १३ बलमा ७ रन जोडे । 

नेपालले पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हारको सामना गर्नुपरेको थियो भने भारतले आयोजक मलेसियालाई २०२ रनले हराएको थियो । 

डिफेन्डिङ च्याम्पियन विरुद्ध नेपाल कत्तिको डटेर खेल्छ हेर्न बाँकी छ । 

यो खेलमा जित हासिल गरे नेपालको क्रिकेट स्तर बढ्नेमात्र  मात्र होइन यो प्रतियोगिताको सेमिफाइनलमा पुग्नसमेत ठूलो मद्धत गर्नेछ । 

यो खेलमा हारको सामना गर्दा नेपाल मलेसियासंग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ । 

अर्को समुहमा श्रीलंका शिर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र युएईले अंक जोडेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ