arrow

उपत्यकामा मोनोरेलः विद्यासुन्दरले गफ गरे, चिरिबाबुले कामै गरेर देखाइदिए

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
bidhyasundar-chiribABU.png

काठमाडौं । स्थानीय तहको चुनाबका बेला काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका विद्यासुन्दर शाक्यले आफूले चुनाब जिते महानगरभित्र रेल कुदाउने एजेण्डा अघि सारे ।अस्तव्यस्त सडक र ट्राफिक जामले हैरान भएका महानगरबासीले रेल कुदाउँछु भन्ने उम्मेदवार शाक्यलाई अत्यधिक मतले जिताए पनि । काठमाडौं महानगरले नयाँ मेयर पाएको ६ महिना वितिसक्यो । तर, रेल कुदाउने कुनैपनि सुरसार गरेको छैन ।
 
काठमाडौंको छिमेकी ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले मेयरको चुनाब जिते । महर्जनले चुनाबमा जाँदा रेल कुदाउने कुनै योजना प्रस्तुत नै गरेका थिएनन् ।तर, अहिले चिरिबाबुले उपत्यकामा मोनोरेल कुदाउनका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाइसकेका छन् भने काठमाडौंका मेयर विद्यासुन्दर चुपचाप बसेका छन् । 
 
ललितपुर महानगरले मलेसियन कम्पनीको संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिलाई उपत्यकाको मोनोरेलका लागि संभाव्यता अध्ययन तयार गर्न ३ महिनाअघि नै आशयपत्र (लेटर अफ इन्टेन्ट) दिइसकेको छ । उपत्यकाको यो मोनोरेलको सञ्जाल करिब ३० किलोमिटर लामो हुनेछ प्रारम्भिक अनुमान छ । तर, काठमाडौं महानगरले संभाव्यता अध्ययनका लागि आशयपत्र दिन नसक्दा उपत्यकामा मोनोरेल कुदाउने काम अघि बढ्न सकेको छैन ।
 
गत असार २७ गते काठमाडौं र ललितपुरका मेयर शाक्य र महर्जनबीच काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णय गरेका थिए । दुई मेयरबीची सँगै आशयपत्र दिने भन्ने पनि सहमति भएको थियो ।
 
ललितपुरकी उपमेयर भन्छिन्– काठमाडौंले काम नगर्दा समस्या
 
ललितपुर महानगरले आशयपत्र दिएको ३ महिना भइसकेको तर काठमाडौंले अझैसम्म नबुझाएको मोनोरेलको प्रक्रिया अघि बढ्नै नसकेको ललितपुर महानगरकी उपमेयर गिता सत्यालले बताइन् ।काठमाडौं महानगरले पनि आशयपत्र बुझाएपछि मलेसियन संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिले लगानी बोर्डमा १० करोड रुपैयाँ धरौटी बुझाएर संभाव्यता अध्ययनको काम सुरु गर्नेछ ।
 
‘उक्त कम्पनी बोर्डमा १० करोड धरौटी बुझाउन पनि तयार छ, तर, काठमाडौंले आशयपत्र नदिएका कारण मोनोरेल सम्बन्धी थप प्रक्रिया अघि बढ्न सकिरहेको छैन,’ सत्यालले भनिन् ।
 
विदेशी कम्पनीहरुले काठमाडौं महानगरभित्र मात्रै रेल चलाउँदा बजार नपुग्ने भन्दै उपत्यकाभरी नै रेल सञ्जाल गर्नुपर्ने सुझाब दिएका छन् । त्यसैले काठमाडौं र ललितपुरका महानगरका मेयरबीच उपत्यकाका अन्य स्थानीयतहरुमा पनि रेलवे कनेक्टिभिटी जोड्ने सहमति भएको थियो ।विदेशी कम्पनीहरुले भक्तपुरका ठिमी र सूर्य्बिनायक लगायतलाई जोड्दा मात्रै रेलका लागि बजार पुग्ने देखिएको बताउँदै आएका छन् ।
 
रेल मेरै एजेण्डा हो तर काम गर्न सकिन : विद्यासुन्दर
 
काठमाडौं महानगरका मेयर शाक्यले भने विभिन्न कारणबस आफूले सोचेजति काम गर्न नसकेको बताए । ‘मोनो रेल मेरै एजेण्डा हो, तर काम गर्न सकिँन, अहिलेसम्म आशयपत्र पनि दिन सकिँन,’ मेयर शाक्यले भने । काम देखाउन पार्टी नेतृत्वको दबाब
 
काठमाडौंमा रेल कुदाउनु पर्छ भन्ने आफ्नो चुनाबी एजेण्डा भएकाले आफू संवेदनशील भएर लागि परिरहेको उनले शाक्यले सुनाए ।
 
काठमाडौंका मेयरले काम गर्न नसक्दा आगामी संसदीय चुनाबमा पार्टीलाई असर पर्छ भन्दै पार्टी नेतृत्वबाट पनि मेयरलाई रेल लगायतका विषयमा केही निर्णय गर्न दबाब दिइरहेको एमालेका तर्फबाट निर्वाचित एक वडाध्यक्षले जानकारी दिए ।
 
‘संसदको चुनाबअघि नै केही काम गर्न मेयरसाबलाई पार्टी नेतृत्वबाट तीब्र दबाब छ, हामी यसै साता धेरै निर्णयहरु गर्ने तयारी गरिरहेका छौं,’ ती वडाध्यक्षले भने ।
 
स्थानीय तहको निर्वाचनका बेला मेयरका उम्मेदवार शाक्यले आफूले चुनाब जितेको १०० दिनमा १०१ काम गर्ने बताएका थिए । तर, निर्वाचित भएको २०० दिन वितिसक्दा पनि शाक्यले केही काम गर्न नसकेपछि काठमाडौंबासी सर्वसाधारण जनताले मात्रै होइन, पार्टीभित्रैबाट पनि उनको तीब्र आलोचना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ