arrow

बागदरबारदेखि सभागृहसम्म विद्यासुन्दरलाई जिस्क्याउने तस्वीर

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
bidhyasundar.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको केन्द्रमा रहेको सडक र त्यसको व्यवस्थापनको बारेमा निरीक्षण गर्नको लागि महानगरपालिकाको कार्यालय बागदरबारदेखि राष्ट्रिय सभागृहसम्म पैदल निरीक्षण गरेका छन् । आईतबार विहान करिब १ घण्टा भएको सो निरीक्षणका क्रममा मेयर शाक्यले आफ्नै अगाडि धेरै गैरकानूनी कामहरु भएको भेटियो । 

मेयर शाक्यले तत्कालै सम्बन्धित पक्षलाई सोही ठाउँबाट निर्देशन दिएका छन् । सबैभन्दा पहिले मेयर शाक्यले काठमाडौंको सुन्धारामा रहेको विरुवा संरक्षण गर्ने रिङलाई ट्याम्पोले हानेर भत्काईदिएको दृश्य देखे । उनले त्यो कसले गरेको हो तत्कालै कारबाही गर्नको लागि भनेर सम्बन्धित पक्षलाई निर्देशन दिए । त्यसपछि सुन्धारामा तीन लेनसम्म गाडी पार्किङ गरेर राखिएको देखे । पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ट्राफिक प्रहरीले आफूहरुलाई सहयोग नगरेको बताए । 

त्यसपछि उनले भोटाहिटीमा ढल फुटेको ठाउँमा आफूले ५ पटकसम्म निर्देशन दिँदा पनि त्यहाँको ढल किन बनेन भन्दै सम्बन्धित महाशाखा प्रमुखसँग स्पष्टीकरण सोधे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ