arrow

यु–१९ क्रिकेट : नेपालले भारतलाई हरायो

भारतविरुद्ध ऐतिहासिक जित

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
Nepal1.JPG

काठमाडौं । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ ।

कठिन समूहमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिस्पर्धी भारतलाई हराउँदै महत्वपूर्ण सफलता हासिल गरेको हो ।

टेष्ट मान्यता प्राप्त भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । नेपालले अाैपचारिक कुनै पनि प्रतियाेगितामा भारतलाई जितेकाे याे पहिलाे पटक हाे । सँयाेसँगै नेपालकाे सेमिफाइनल सम्भावना समेत बढेकाे छ । १८६ रनको चुनौती पछ्याएको भारतट ४८ ओभर १ बलमा अलआउट हुँदै एक सय ६६ रनमै समेटिएपछि नेपालले १९ रनले हराएको हो ।

भारतका लागि हिमान्सु रानाले सर्वाधिक ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए । त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । अलराउण्ड प्रदर्शन गरेका दिपेन्द्रले नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् । टस हारेर पहिले व्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ् खेलेपछि भारतलाई १८६ रनको चुनौती दिएको थियो ।  

बायुमास ओभलमा नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८५  रन बनायो । कप्तान ऐरीले सर्वाधिक ८८ रन बनाए । १०१ बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे ।  एक छेउबाट निरन्तर विकेट झरिरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालको इनिङ् सम्हाले ।

ओपनर जितेन्द्र सिंहले ३६ तथा भीम शार्कीले १५ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा अविजित रहे ।

भारतका आदित्य थकारे र अभिषेक शर्माले २–२ विकेट लिए । समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा मंगलबार आयोजक मलेसियासँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ