arrow

साञ्जेनमा लगानी भएको जनताको पैसा कम्युनिष्ट गठबन्धनको चुनाव खर्चमा !

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
sanjen_company.jpg

काठमाडौं । रसुवाको साञ्जेन जलविद्युत कम्पनीले जनताको लगानीको ठूलो दुरुपयोग गरेको भेटिएको छ । कम्पनीले जनताले लगानी गरेको रकम कम्युनिष्ट गठबन्धनको चुनावी खर्चको लागि निकासा गरेपछि अहिले रसुवाका स्थानीयहरु आक्रोशित बन्न पुगेका छन् । निर्माणाधिन उक्त कम्पनीले कम्युनिष्ट गठबन्धनलाई चुनाव जिताउन आर्थिक र अन्य सवारी साधन समेत उपलब्ध गराईदिएपछि कम्पनी विरुद्ध आक्रोश सुरु भएको हो । 

कम्पनीले आफ्नो नाममा रहेको हाईलक्स गाडी पनि बाम गठबन्धनको प्रचारको लागि प्रयोग गर्न दिएपछि कम्पनीका प्रवन्ध निर्देशक किरण कुमार श्रेष्ठप्रति स्थानीय आक्रोशित बनेका हुन् । उता, श्रेष्ठको त्यो हर्कतका कारण अहिले साञ्जेनमा लगानी गरेका लगानीकर्ताहरु समेत निराश बन्न थालेका छन् । उनी स्थानीयहरुले त्यस्तो गरेको गुनासो गर्दा मेरो सम्पत्ति मेरो अधिकार भन्दै गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि स्थानीयहरुमा भने उनी प्रतिको आक्रोश चुलिएको छ । यद्यपि उनीसँग कुराकानी गर्नखोज्दा उनको टेलिफलोन पटकपटकसम्म पनि उठेन । 

उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भइसकेको कम्पनी हो । ४ दशमलव ८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ