arrow

चिनियाँ राष्ट्रपति दोस्रो पटक पुगे भियतनाम

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
c-jin-ping.jpg.jpeg

हनोई ।  चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुगेको समाचार छ । 

यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उनी चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुगेकोको बताइएको छ।

यसअघि उनी दुई वर्षअघि औपचारिक भ्रमणका क्रममा भियतनाम पुगेका  थिए । यस पटक पनि उनी सोही देशको डा नाङ् सहरमा एपेकको सम्मेलनका लागि गएका हुन् । 

उनी त्यहाँबाट औपचारिक भ्रमणका लागि आइतबार राजधानी हनोई पुगेको प्राप्त समाचारमा जनाइएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहेका राष्ट्रपति सिले हनोइमा रहँदा त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव एनग्युन फु त्रोनसँग भेटवार्ता गर्ने छन् । 

उनले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा कुराकानी गर्ने समाचारमा जनाइएको छ । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ