arrow

इयूहोफा इन्टरनेशनलमा पहिलो पटक नेपाल निर्वाचित 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
nepal-flag-2.jpg.jpeg

काठमाडौँ । विश्वभरका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्ट सम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा इन्टरनेशनल) मा पहिलोपटक नेपाल निर्वाचित भएको छ । 

इटालीको लुकामा भएको इयूहोफा इन्टरनेशनलको ५६औँ कंग्रेसले नेपाललाई बोर्ड सदस्यका रूपमा निर्वाचित गरेको हो । 

नेपालको तर्फबाट राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) खेम लकाइँ उक्त महासभामा सहभागी थिए । 

इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २०० होटल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । 

उक्त संस्था होटल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नवसिर्जना र उत्तम अभ्यासको अनुशरण गर्ने, विद्यार्थी तथा शिक्षकको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको थियो । 

लुकामा सम्पन्न सम्मेलनले सन् २०१८ को कंग्रेस विश्वकै पहिलो होटल स्कुल स्विजरल्याण्डको लुजानस्ति इएचएल स्थापनाको १२५औँ वर्ष पूरा भएको अवसरमा स्विजरल्याण्डमा आयोजना गर्ने र सन् २०१९ को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय गरेको गेट कलेजले विज्ञप्तिमार्फत जनाएको छ । 

गेट कलेजका सिइओ लकाइँले विश्वका २०० होटल व्यवस्थापन स्कुलका सञ्चालकको सहभागितामा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु ठूलो अवसर भएको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ