arrow

गुल्मीमा उज्यालो छर्ने चन्द्र र प्रदीपबीच कडा भीडन्त

दुबै राम्रा नेतालार्इ एउटै क्षेत्रमा उम्मेदवार बनाएपछि स्थानीय चिन्तित

logo
सुर्य खनाल,
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
chandra-pradip.png

गुल्मी । काँग्रेस नेता चन्द्र भण्डारीले अब यहाँका जनतालाई आश्वासन र भाषण भन्दा पनि बिकास चाहिएको धारणा व्यक्त गर्दै गर्दा, उनका प्रतिस्पर्धी एमाले नेता प्रदीप ज्ञवालीले बाम एकताले मात्र देशले निकास पाउँने बताएका छन् । दुवै नेताहरुले बिकास र जनताका समस्या समाधान गर्ने आत्म बिश्वासका कारण आफुहरु जनताको माझमा आएको धारणा व्यक्त गर्दै जिल्लाका बिभिन्न चुनावीसभालाई सम्वोधन गर्नुका साथै घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को चुनावी अभियान दिनप्रतिदन उत्साहपुर्ण बन्दै गएको नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रचारप्रसार समितिका संयोजक तथा पुर्वसांसद डा।कृष्णबहादुर छन्तेलले जानकारी दिए । यसैगरी, नेकपा एमाले र वामगठबन्धन गुल्मीले आफ्ना अभियानहरु तीव्रताका साथ अगाडि बढेको जानकारी दिएको छ । यसैगरी, माओवादी केन्द्र गुल्मीले समेत आफ्नो चुनावी अभियान अगाडि बढेको बताएको छ । 

विकास प्रेमी नेताहरु भण्डारी र ज्ञवालीले गुल्मीलाई विगतमा गरेका विकासका असंख्य कामका कारण पनि उनीहरु दुबैको टिम लोकप्रिय मानिन्छन् । २०७० सालको चुनावमा विजयी बनेका भण्डारीले त्यसपछि गरेका विकासका कामहरुका कारण उनी स्थानीय जनतामा बढी लोकप्रिय मानिन्छन् भने उनका प्रतिद्वन्दी एमाले नेता प्रदीप ज्ञवाली पनि कम लोकप्रिय छैनन्, ज्ञवाली केन्द्रीय नेता हुन् । मृदुभाषी प्रदीप केन्द्रमै व्यस्त भएका कारण उनले क्षेत्रमा केही कम समय दिन सकेकको भएपनि उनको लोकप्रियता गुल्मीमा मात्रै नभएकोले उनी पनि प्रतिनिधि सभामा जानै पर्ने नेताको रुपमा स्थानीयहरु टिप्पण गर्छन् । 

स्थानीयहरु ज्ञवाली पार्टीका लोकप्रिय र प्रभावशाली नेताहुन भने, भण्डारी जनताको माझ पुग्ने र बिकास प्रमी नेताका रुपमा चिनिन्छन् । गुल्मी जिल्ला प्रति चासो दिने अगुवाहरु भन्छन, प्रदीप र चन्द्र दुवैको संसदमा उपस्थिति हुँदा संसद्को गरिमा बढ्ने हो, दुर्भाग्य एमाले र काँग्रेसले यो कुरा बुझेनन्, उनीहरु दुवैलाई भिन्दा भिन्दै क्षेत्रबाट निर्वाचन लडाउँनुपर्ने थियो । 

गुल्मीको क्षेत्र १ प्रतिनिधीसभा सदस्यका उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले अवको एजेण्डा भनेको बिकास भएको बताए । नेता भण्डारीले, सांस्कृतिक र पर्यटन, धार्मिक बिकासका लागि सेतिवेनी, हिले, सत्यवती, थाप्ले, शिद्धवावा, टिमुरेताल, दिव्रुङ्गको परमानन्दधाम, शालिमेदह, काडेवास र आसपासका क्षेत्रलाई जोड्ने पर्यटकिय मार्ग निर्माण गर्नुका साथै रिडी,रुद्रवेणी,गोवन्दी, ठुलावगरशीला, सेतीनाग हुदै ठुलो लुम्पेकको धानपति वाजे वजै, सेतीवेनीशीला सम्म पहुच पुग्ने खालको निकास र बिकासका लागि आफु सदैव लागि पर्ने बताए । उनले, ठुलावगरधाम र राममन्दिर आसपास कालीगण्डकी तटमा रहेका शीलाहरुको संरक्षण र प्रर्वधनमा जोड दिदै, धार्मिक पर्यटन प्रवर्धनलाई महत्वका साथ बिकास गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताए । 

नेता भण्डारीले मुलुकको बर्तमान अवस्थाका बिषयमा चर्चा गर्दै, बर्षेनी लाखौ नेपाली युवा रोजगारीका लागि बिदेशिनु पर्ने वाध्यतालाई अत्य गर्दै यहाँका जनताको प्रतिव्यक्ति आयालाई बढाउँदै लग्नुपर्ने वेला आएको बताए । उनले, संविधान निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गरेको काँग्रेसले वाहेक अरुपार्टीले नेपाली जनताका समस्या समाधान गर्न नसक्ने बताउँदै देशले सम्वृद्धि चाहेको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ