arrow

काठमाडौं ९ मा मिलनलाई जिताउन रवीन्द्र मिश्र र रन्जु दर्शना नै मैदानमा

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
bibeksheel.png

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा विवेकशिल साझा पर्टीका  मिलन पाण्डेलाई जिताउन रवीन्द्र मिश्र र रन्जु दर्शना मैदानमा उत्रिएका छन् । “अबको आशा, विवेकशील साझा” नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा होमिएको पार्टीको काठमाडौं क्षेत्र नं ९ को चुनावी अभियानमा रवीन्द्र मिश्र र रन्जु दर्शनाले साथ दिने भएका हुन् ।

सोमबार विहान स्युचाटारमा भएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डे र प्रदेश सभा उम्मेदवारहरुको अभियानमा साथ दिदै मिश्रले  भने - 'अब देशैभरी तराजुको लहर आएको छ । केहि समय अगाडी संगठन निर्माण भएको भए यसै पाली नै देशको नेतृत्व आफुहरुले गर्न सक्ने स्थिति रहेको थियो' | साथै,  उनले आम नागरिकले विवेकशील साझालाई दिएको सद्भावले देशैभरि लहर आउने बताए |

सो कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार  पाण्डेले, आफ्नो प्रतिबद्धता दोहोराउदै आफु काठमाडौँ क्षेत्र नं ९ मार्फत देश बनाउन उत्रेको भन्दै  पटक पटक असफल नेतृत्वले उम्मेदवारी दिदाँ नै कांग्रेस र एमालेको नयाँ पुस्ताले मौका नपाएकोले आफुले कांग्रेस र एमाले भित्रको त्यहि पुस्ताको समेत नेतृत्व गरेर नेपाली राजनीतिमा नयाँ उर्जा थपेको बताए ।

उनले आफ्ना प्रतिस्पर्धीलाई नै लक्षित गर्दै आफुले जितेमा संसदमा नघुर्ने अनि आम नागरिकका मुद्दा उठाउदै संसदमा गर्जने र दिन रात काम गर्ने बताए | उनले अहिलेका पार्टीहरुले लोकतन्त्र त ल्याएको तर त्यसलाई उनीहरुले नै हाइज्याक गरेको समेत बताए | साथै, उनले राजनीतिमा एउटै च्यानल २८ वर्षदेखि चलेकाले अब च्यानल परिवर्तन गर्ने बेला भएको बताए |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ