arrow

प्रचण्डको नयाँ प्रचार शैली, प्रतिवद्धता भन्दै मञ्चमै ज्ञापनपत्रमा हस्ताक्षर

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
dahal_news.jpg

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी प्रचार शैली फेरेका छन् । चितवनको भरपुर–२३ मा सोमबार फरक दृश्य देखियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नयाँ बस्ती पुग्दा त्यहाँका जनताले उनको भव्य स्वागत गरे । लाइनमा बसेका स्थानीयको स्वागतपछि प्रचण्ड मञ्चतिर लम्किए ।

उद्घोषकले कार्यक्रम सुरु गरे । त्यसपछि नयाँ बस्तीका एक युवाले खेलकूद, विद्यालय, सडक लगायतका विकासका माग राखेर दाहाललाई ज्ञापनपत्र बुझाए । ज्ञापन पत्र बुझेर दाहालले मञ्चमै ज्ञापन पत्रमा हस्ताक्षर गरे । सभामा तालीको फोहरा फुट्यो ।

ज्ञापनपत्रमा हस्ताक्षर गरेपछि स्थानीयको अगाडि बोल्दै दाहालले भने, “म तपाईहरुलाई आश्वासन दिन आएको होइन, चितवनको मुहार फेर्न र देशको समृद्धिको नेतृत्व गर्न आएको हुँ । तपाईहरुका माग सार्वजनिक रुपमै हस्ताक्षर गरेको छु, नयाँ सरकार बन्नेबित्तिकै पहिला तपाईहरुको काम गर्छु, यो मेरो बाचा हो ।’

कार्यक्रममा राप्रपाका १७५ युवाले प्रचण्डको हातबाट टीका लगाए । ज्ञापन पत्र पेश गर्ने युवाले भने, “जनताकै अघि माग सम्बोधनको लिखित प्रतिवद्दता गर्नुहोला भन्ने सोचेका थिएनौं,  हामी खुसीले गदगद छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ