arrow

लोकतन्त्र मास्न र स्वतन्त्रता छिन्न कम्युनिष्ट एक ठाउँः रिजाल 

काँग्रेसको प्रदेशस्तरिय मिडिया सेन्टर बीरगञ्जमा शुरु

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
media-center-birgunj1.jpg

पर्सा। नेपाली काँग्रेसको प्रदेशस्तरिय मिडिया सेन्टर बीरगञ्जमा शुरुवात भएको छ। प्रदेश २को ३ जिल्ला पर्सा, बारा र रौतहट कार्यक्षेत्र रहेको मिडिया सेन्टरले यस क्षेत्रका नेपाली काँग्रेसका गतिविधीलाई आमसञ्चार माध्ययमार्फत जनमानसमा लिएर जाने छ। 

नेपाली काँग्रेसका नेता तथा पर्सा ४ का प्रतिनिधि सभाका उमेद्वार रमेश रिजालले मिडिया सेन्टरको शुभारम्भ गरे। शुभारम्भ कार्यक्रममा बोल्दै नेता रिजालले लोकतन्त्र र संविधान माथि कम्युनिष्ट आक्रमणको खतरा बढेकोमा औंल्याउँदै त्यसलाई परास्त गर्न सबै लोकतन्त्रवादीहरु एक ठाउँमा आउनुपर्ने बताए। 

लोकतन्त्रमा मात्र सबैका विचारले स्थान पाउने उल्लेख गर्दै रिजालले मिडियाले पनि लोकतन्त्रमा मात्र सहि अभ्यास गर्न पाउने बताए। उनले सबै मिडिया तथा मिडियाकर्मीलाई पनि लोकतन्त्र माथि आइलागेको खतरालाई चिर्नेतर्फ काम गर्न आग्रह गरे। 

नेपाली काँग्रेसका तर्फबाट पर्सा ३ ख का प्रदेश सभाका उमेद्वार जनार्दन क्षेत्रीले साम्यवाद लाद्ने खतरनाक एजेण्डा लिएर कम्युनिष्ट गठवन्धन लागेको बताए। क्षेत्रीले सबैले जिउने पाउने अधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्र रक्षाका लागि काँग्रेसकव नेतृत्वको लोकतान्त्रिक गठवन्धनलाई देशभर जिताउनुपर्ने आवश्यकता औंल्याए। पहिचानको मुद्धा र मधेशको सम्मानको लागि काँग्रेसले जित्नुपर्ने क्षेत्रीको भनाइ थियो। 

Image may contain: 7 people

नेपाली काँग्रेस केन्द्रीय चुनाव परिचालन समितिका सदस्य शोभाकर पराजुलीले संविधान बन्न नपाउादै संविधान च्यात्ने र नागरिक अधिकार कुण्ठित गर्न वाम गठवन्धनका नाममा एक भएका कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने बताए। 

Image may contain: 6 people

नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार उपसमितिका सदस्य तथा प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीले लोकतन्त्रमाथि नै कम्युनिष्ट अधिनायक लाद्ने खतरा रहेको बेलामा सबै स्वतन्त्रताप्रेमीहरु एक भएर लोकतन्त्रको रक्षामा जुट्नुपर्ने उल्लेख गर्दै स्वतन्त्रता र वहुलवादको पक्षमा रहेको काँग्रेसको पक्षमा माहौल बनाउन पत्रकारहरुलाई आग्रह गरे।

Image may contain: 7 people, people sitting

बीरगञ्जका पत्रकार अशोक तिवारीको नेतृत्वमा ७ सदस्यीय मिडिया सेन्टर गठन भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ